Monday, October 12, 2026
63.6 F
Washington DC.

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ताका अनुसार हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको स्पष्ट पार्दै, यस विषयमा कुनै पनि भ्रमपूर्ण समाचार प्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको छ। नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका दुर्गा प्रसाईको खोजी कार्य निरन्तर भइरहेको जनाएको छ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “दुर्गा प्रसाई पक्राउ परेका छैनन् भन्ने प्रस्ट जानकारी गराउँदै यथार्थविहीन समाचारको प्रकाशन तथा प्रसारण नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।”

प्रहरीले अनावश्यक भ्रम सिर्जना हुने खालका समाचारबाट जोगिन सम्पूर्ण सञ्चारकर्मी र सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img