Monday, October 12, 2026
63.6 F
Washington DC.

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ०४:०५ बजे गएको यो भूकम्पको केन्द्र चीनको डिंजे क्षेत्र रहेको थियो, जुन नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा पर्छ। भूकम्पको म्याग्निच्युड ५.० रहेको छ।

यसअघि पनि पछिल्ला केही दिनयता जाजरकोट जिल्लामा लगातार भूकम्प आइरहेका छन्। मंगलबार बिहान ०४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको अघिल्लो दिन, सोमबार राति ०९:३१ बजे सोही स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय केन्द्रले जनाएको अनुसार कुशे गाउँपालिकाको पैंक क्षेत्रलाई केन्द्र बनाएर वैशाख १ गते (चैत २१ गते) साँझ ०८:०७ र ०८:१० बजे दुई पटक भूकम्प गएको थियो। पहिलो धक्का ५.२ म्याग्निच्युड र दोस्रो ५.५ म्याग्निच्युडको थियो। ती भूकम्पले केही घरहरूमा सामान्य क्षति पुर्‍याएको केन्द्रको रिपोर्टमा उल्लेख छ।

यसअघि पनि चैत २० गते दार्चुलामा ४.० म्याग्निच्युडको र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

हालसम्म पछिल्लो भूकम्पहरूबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन। तर, लगातार आइरहेका भूकम्पले स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ।

[स्रोत: राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र]

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img