एमसीसी लाई लिएर हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्- अमेरिकी राजदुत

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेपालमा भइरहेको प्रदर्शनप्रति नेपालका लागी अमेरिकी राजदुतले सामाजिक संजाल मार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले विरोधका नाममा हुने हिंसालाई अमेरिकाले स्वीकार नगर्ने भन्दै चेतावनी दिएका छन् ।

“हामी अभिव्यक्ति स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसी को बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,” उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्।

एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्मको समय दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img