श्रीमती हत्याको अभियोग सर्वोच्चले फैसला उल्टाए पछी पूर्वडीआईजी रञ्जन कोइराला प्रक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइरालालाइ सर्वोच्च अदालतले कैद कटाएपछि २०७७ साउन ८ मा छुटेका थिए। बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै कोइरालालाई जन्मकैदको सजाय हुने फैसला सुनाएपछि शुक्रबार साँझ ६ बजे प्रहरीले पुनः पक्राउ गरेको हो।

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला गरेको थियो।

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै कोइराला पुनः पक्राउ परेका हुन्। सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला २०७७ साउन ८ मा जेलबाट छुटेका थिए।

कोइरालाले अब साढे ११ वर्ष जेल बस्नुपर्नेछ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । त्यसपछि उनी पुनः कारागार चलान हुनेछन् ।

श्रोत : रासस

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img