पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नाबालिक बलात्कारमा आरोपित कलाकार पल शाह उर्फ पूर्णविक्रम शाहलाई थुनामै राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले बिहीबार सदर गरेको छ।

उच्च अदालत पाेखराका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुवै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।

बलात्कार गरेको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले जिल्ला अदालतको आदेशविरुद्ध साधारण तारेखमा रिहा हुन पाउन उच्च अदालत पाेखरामा पुनरावेदन गरेका थिए ।

पछि पिडित भनिएकी नाबालिग गायिका तथा उनका बुवाले जिल्ला अदालतमा बकपत्र गर्दा शाहले बलात्कार नगरेको भन्दै बयान फेरेका थिए। त्यसपछि घटनाले अर्को नयाँ मोड लिएको थियो। पीडित पक्षले बयान फेरे पनि उच्च अदालतले भने यसअघिकै जिल्लाको आदेश सदर गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img