जीउ गन्हाउँछ भने यी ५ घरेलु टिप्स

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गर्मीको मौषममा धेरै मानिसमा जीउ, खुट्टा गन्हाउने समस्या हुन्छ । जीउबाट पसिना निस्कनु स्वाभाविक प्रक्रिया हो। तर , पासिनाका कारण जीउ गनाउन थाल्यो भने ब्याक्टेरिया सक्रिय भएको बुझ्नु पर्दछ।

अमेरिकाको योर्क र अक्स्फोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार मानिसको छालामा भएका ब्याक्टेरियाले पसिनामा भएका अम्लीय यौगिकहरूलाई टुक्रा पार्दा दुर्गन्ध निस्किन्छ, र शरीरमा गन्ध बन्छ।

यसका कारण साथीभाई संगको भेटघाट, कार्यालयमा काम गर्दा वा कसैलाई अङ्गालो मार्दा जीउ गनाएका कारण लाजोमर्दो हुन्छ । यसबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामा समेत असर पर्न सक्दछ।

यसबाट छुटकारा पाउन बजारमा उपलब्ध एन्टीपर्स्पेरेंट (डेडोरेण्ट ) लगायतको प्रयोगको व्यापकता छ। तर, तपाई हाम्रै घरमा उपलब्ध सामाग्रीहरुको घरेलु विधिको प्रयोग गरेमा दिर्घकालिनरुपमा जीउ गन्हाउने समस्याबाट छुटकारा पाउन सकिनेछ। तपाई हाम्रो घरमा सझिलै उपलब्ध हुने घरेलु ५ विधिहरुका बारेमा चर्चा गरिएको छ ।

१. सिधे नून (रक साल्ट):
सिधे नून (रक साल्ट) मा क्लींजिंग तत्व हुन्छ , जसले पसिना तथा त्यसबाट उत्पन्न गन्धलाई हटाउछ र छालामा हुन् सक्ने जीवाणु संक्रमणबाट बचाउछ। एउटा बाटामा मनतातो पानीमा सिधे नूनको केहि टुक्राहरु राखेर घोल्ने र जीउमा लगाउनु पर्दछ।

२. टमाटरको रस:
टमाटरमा भिटामिन-सी तथा एन्टीअक्सिडेण्ट पाईन्छ , जसले शरीरमा उत्पन्न हुने अतिरिक्त पसिनालाई रोक्दछ । साथै , सरिरमा जम्मा भएको ब्याक्टेरियालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ।

यसको प्रयोगका लागि टमाटरको रसमा एउटा कटनको कपडालाई डुबाएर पसिना ज्यादा आउने भागमा लगाउने गर्नु पर्दछ। यसले शरीरमा पसिना आउने छिद्र लाई बन्द गर्दै अत्यधिक पसिनालाई नियन्त्रण गर्दछ।

३. बेकिङ्ग सोडा
यसलाई खाने सोडा पनि भनिन्छ। बेकिङ्ग सोडा एल्कलाइन हुन्छ , यसको प्रयोगबाट शरीरबाट निस्कने गन्धलाई कम गर्न पसिनामा भएको ब्याक्टेरियाको एसिडको मात्रालाई सन्तुलनमा ल्याउछ।

पसिनाको गन्ध हटाउनका लागि बेकिङ्ग सोडामा पानी मिलाएर पेस्ट बनाईन्छ। पेस्ट्लाइ शरीरको सक्रमित भागमा लगाउनु पर्दछ र सुके पछि पखाल्नु पर्दछ ।

४ ग्रीन टि ब्याग
एन्टीअक्सिडेण्ट तथा डिटोक्सिफ़ाइङ्गको तत्व पाइने ग्रीन टि ले पसिनाबाट उत्पन्न गन्ध हटाउन ठुलो सहयोग गर्दछ।

तातो पानीमा केहि टि ब्यागहरुलाई डुबाउने र पुरै भिजेपछि मनतातो अवस्थाको टि ब्यागलाई सरिर भित्रको पसिना आउने स्थानमा पाच -सात मिनेट पुछ्नु पर्दछ।

५ एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगरमा एसिटिक एसिडको पर्याप्त तत्व पाइन्छ । एप्पल साइडर भिनेगरले छालामा रोग लाग्न सक्ने जिवाणुबाट समेत बचाउछ। त्यस्तै , पसिनाबाट उत्पन्न हुने ब्याक्टेरिया जसले जीउमा गन्ध पैदा गर्दछ , त्यसलाई समेत नियन्त्रण गर्दछ।

एप्पल साइडर भिनेगरको झोललाई एउटा सफा भाडोमा खन्याएर केहि कटन वा सफा कपडालाई डुबाउने तथा सरिरमा पसिना आउने भागमा लगाउनु पर्दछ। केहि समय पछि जीउमा लगाएको एप्पल साइडर भिनेगरलाई चिसो पानीले पखाल्नु पर्दछ ।

(श्रोत : पत्रपत्रिका )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img