प्रेम आलेलाई मन्त्री पदबाट हटाउन माग गर्दै सर्वाेच्चमा रिट दायर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्री पदबाट हटाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

आलेलाई मन्त्री पदबाट हटाउन अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन ।सर्वोच्चले बिहीबार रिट दर्ता गरेको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमा भनिएको छ – ” निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ । निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’।”

सर्वोच्चले रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकेको छ।

केहि महिना अगाडि मन्त्री आलेले भारतमा बसोबास गर्ने अछामका एक व्यक्तीलाई फोन संवादमा अश्लिल शब्दहरु प्रयोग गर्दै गाली र धम्कि दिएको अडियो सार्वजनिक भएको थियो । त्यस पश्चात, मन्त्री आलेले पून नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गरेको अडियो भाइरल भएको थियो।

मन्त्री जस्तो सार्वजनिक पदमा रहेका आलेले पटक पटक अस्लिल शब्द बोलेका कारण उनको सर्वत्र आलोचना हुदै आएको छ।।

सर्वोच्चमा दायर रिटको पुर्ण पाठ:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img