न्यूयोर्कका धेरै सार्वजनिक स्थलमा बन्दुक बोक्न प्रतिबन्ध

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

न्यूयोर्क राज्य सरकारले राज्य अन्तर्गतका धैरै सार्वजनिक स्थानमा बन्दुक बोक्न निषेध गर्दै नियम लागू गरेको छ।सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले उक्त प्रतिबन्ध लगाएको हो।

राज्य सरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमा प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेश गर्नुपर्ने कानून पारित गरेको छ ।

न्यूयोर्कका डेमोक्र्याट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन् । सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ ।

गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकस्मिक बैठकले उक्त कानुन अनुमोदन गरेको हो । 

अमेरिकी संविधानले हरेक नागरिकलाई आत्मरक्षाको लागि सार्वजनिक बन्दुक बोक्ने अधिकार प्रत्याभूत गरेको छ ।  सन् १९११ मा न्यूयोर्क राज्य सरकारले आत्मरक्षाका निम्ति बन्दुक राख्न पाउने संवैधानिक प्रावधानलाई अनुमोदन गरेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img