लिज चेनी २०२४ मा अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने सोचमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रिपब्लिकनको प्राइमरी दौडमा हारेको केही दिनपछि लिज चेनीले आफु सन् २०२४ को अमेरिकी चुनावमा राष्ट्रपतिको लागि उम्मेदवारी दिने विचार गरिरहेको भनेकी छन् ।

वायोमिङमा ट्रम्प समर्थित उम्मेद्वार ह्यारिएट हेगम्यानसँग झन्डै ४० अङ्क ले पराजित भएकी लिज पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीकी छोरी हुन्।

“कुनै पनि अमेरिकीले चुनाव अस्वीकार गर्नेहरूलाई समर्थन गर्नु हुँदैन, किनभने तिनीहरूले कानूनको शासनको पालना गर्न अस्वीकार गर्दा हाम्रो भविष्य अनिश्चित हुनेछ,” आफ्नो भाषणमा चेनीले चेतावनी दिदै भनेकी छन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनसँग २०२० को अमेरिकी चुनावमा आफु हारेको बारम्बार अस्वीकार गर्दै आएका छन्। याको परिणामस्वरूप दंगाकारीहरूले जनवरी ६ , २०२१ मा क्यापिटलमा आक्रमण गरेका थिए । चेनीले पछि क्यापिटल दंगा भड्काएको आरोपमा ट्रम्प माथिको महाअभियोगमा मतदान गरेकि थिइन् ।

५६ वर्षीया चेनीले आगामी महिनाहरूमा” राष्ट्रपतिको लागि आफुले उम्मेदवारी दिने निर्णय गर्ने बताउदै आफ्नो पराजय पछि विरोध गरिरहेकी छिन्।

“मैले जनवरी ६ देखि भन्दै आएकी छु कि म डोनाल्ड ट्रम्प ओभल अफिसको नजिक कहिँ पनि कतै नदेखिउन भनेर सुनिश्चित गर्न काम गर्ने छु – र मेरो आसय पनि यहि हो ,” अमेरिकी कांग्रेस चेनीले वायोमिङमा आफ्नो हार पछि ट्रम्प लाई लक्षित गर्दै भनेकी छन् ।

रिपब्लिकन पार्टीमा ट्रम्पको पकडको बिरूद्ध लड्न खोज्दा पनि चेनीले प्रि-पोल सर्वेक्षणहरूमा हेगम्यानलाई पछाडि पारेकी थिइन । पूर्व राष्ट्रपति ट्रम्पले उनलाई “अविश्वासी” भएको आरोप लगाए पश्चात वायोमिङको रिपब्लिकन पार्टीमा ट्रम्पका समर्थकहरूले चेनीको विरुद्धमा भोट हालेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img