विश्व खाद्य संकटबाट जोगाउन अमेरिकाले नेपाललाई १५ मिलियन डलर सहयोग दिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सरकारले हालसालै घोषणा गरेको २.७६ बिलियन डलर अनुदानको एक हिस्साको रूपमा अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले बढ्दो विश्वव्यापी खाद्य संकटबाट जोखिममा रहेका जनसंख्यालाई जोगाउन नेपाललाई १५ मिलियन अमेरिकी डलर उपलब्ध गराउन लागेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको खाद्य संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो पटक जर्मनीमा जी–७ का नेताहरुको सम्मेलनमा खाद्य संकटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, जी–७ का नेताहरुले पनि विश्व खाद्य संकटलाई सम्बोधन गर्ने प्रतिवद्धता गरेका थिए ।

खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन र गरिबी, भोकमरी र कुपोषणमा थप वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक भएको अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार यस पूरक सहयोग कोषले नेपालमा बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुरा सुनिश्चित गर्न मद्दत गर्नेछ। सहयोग अन्तर्गत स्थानीय रूपमा थप खाद्य उत्पादन गर्न साना फर्महरूलाई सहयोग गर्ने र खाद्य सहायताको खाँचोमा परेका घरपरिवारहरूलाई सहयोग गर्नेछ। यो सहयोगले पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरूको लागि पोषण-बृद्धि गरिएको खानालाई पनि सहयोग पुर्याउने छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img