सन्दीप लामिछाने विरुद्ध नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा उजुरी, क्यानको आकस्मिक बैठक बस्दै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने विरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा उजुरी परेका छ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलत्कार गरेको आरोप लगाई किशोरीले प्रहरी समक्ष बयान दिएकी थिइन् ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको छ । सन्दीपले आफूमाथि मध्यरातमा पटक-पटक बलात्कार गरेको नाबालिग किशोरीले प्रहरीसँग भनेकी छन्। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ।

प्रहरीले प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने तयारीमा रहेको छ।

यस बिषयमा छलफल गर्न भनि नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । सन्दीप लगायत अन्य विषयलाई लिएर क्यानको बैठक बस्न लागेको श्रोतले जनाएको छ । सन्दीपविरुद्ध आरोप मात्र लागेको र यो प्रकरण अनुसन्धानमा रहेकाले क्यानले अनुसन्धानमा सहयोग गर्ने क्यानका एक पदाधिकारीले बताएको श्रोतले उल्लेख गरेको छ। आज बस्ने क्यानको बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ ।

६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img