सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक नावालिकलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताएका छन। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप लागे पश्चात प्रहरीले छानविनकालागि उनलाई खोजी रहेको छ। 

लामिछानेले आज शनिबार फेसबुकमा एक पोष्ट गर्दै असोज २० गते नेपाल फर्किने बताएका छन। उनले नेपाल फर्किएर आफूमाथिको आरोपको सामना गर्ने जनाएका छन्। 

नावालिकले लगाएको आरोप झुटो भएको र आफू निर्दोष रहेको लामिछानेले बताउँदै आएका छन्। उनले आफूमाथि षडयन्त्र भएको र षणयन्त्रको पर्दाफास हुने दाबी पनि गरेका छन् ।

प्रहरीले खोजेपछि केहि हप्ता उनी सम्पर्कविहीन भएका थिए। लामिछानेले आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img