युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिका आई पुगे , आज बेलुका कांग्रेसलाई सम्बोधन गर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको निमन्त्रणामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिका आई पुगेका छन्। आज बेलुका जेलेन्स्कीले कांग्रेसलाई सम्बोधन गर्ने छन्।

उक्रेन लाई “अत्यधिक आवश्यक सहयोग” गरे बापत अमेरिकी जनतालाई धन्यवाद दिन वाशिंगटनमा आइपुगेको जेलेन्स्कीले बताएका छन् । आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक पोस्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले भनेका छन् “म आज वाशिंगटनमा छु अमेरिकी जनता, राष्ट्रपति र कांग्रेसलाई उनीहरूको धेरै आवश्यक सहयोगको लागि धन्यवाद दिन। र हाम्रो विजयलाई नजिक ल्याउन सहयोग जारी राख्न पनि।”

“म युक्रेनको लचिलोपन र रक्षा क्षमताहरू सुदृढ गर्न शृङ्खलाबद्ध बार्तामा हुनेछु। विशेष गरी, हामी अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँग युक्रेन र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय सहयोगबारे छलफल गर्नेछौं” उनले आफ्नो पोस्टमा थपेका छन् ।

युक्रेनी राष्ट्रपतिले आज आफ्ना अमेरिकी समकक्षीसँग ह्वाइट हाउसमा भेट गर्ने र साँझ पूर्वीय समय ७ः३० बजे कांग्रेसलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनका लागि थप १.८५ बिलियन अमेरिकी डलरको सुरक्षा सहयोगको घोषणा गरेका छन्, जसमा प्याट्रियट मिसाइल रक्षा प्रणाली समावेश छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img