‘तपाईको सहयोग दान होइन, यो विश्वव्यापी सुरक्षा र लोकतन्त्रमा गरिएको लगानी हो’- जेलेन्स्की

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुससँग सुरु भएको युद्धका बीच पहिलो विदेश भ्रमणमा अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै युक्रेनले आत्मसमर्पण नगर्ने घोषणा गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै रिपब्लिकन सांसदहरूलाई रुसका विरुद्धमा आफ्नो देशको रक्षा गर्न आग्रह गरेका थिए ।

युक्रेनी राष्ट्रपति कांग्रेसमा गर्जे
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी सांसदहरूलाई सम्बोधन गर्दै भने, “अमेरिकी कांग्रेसमा सम्बोधन गर्न पाउनु र तपाईं र सबै अमेरिकीहरूसँग कुरा गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो। सबै विनाश र निराशाजनक वातावरणको बाबजुद युक्रेन पतन भएको छैन, युक्रेन जीवित छ र संघर्ष गरिरहेको छ।” युक्रेनी राष्ट्रपतिको सम्बोधनलाई अमेरिकी कांग्रेसका सदस्यहरूले उभिएर स्वागत गरेका थिए। यसै क्रममा युक्रेनी राष्ट्रपतिले भने, ‘विश्वमा मानसिक रुपले युद्धमा हामीले रुसलाई पराजित गरेका छौं । जेलेन्स्कीको भाषणको क्रममा अमेरिकी कांग्रेसका तीन सदस्यले हातमा युक्रेनी झण्डा बोकेका थिए । युक्रेनी राष्ट्रपतिको सम्बोधनका क्रममा रिपब्लिकन पार्टीका सांसदलगायत सम्पूर्ण संसदले उठेर ताली बजाएका थिए । जेलेन्स्की अब अमेरिकी संसदको सिनेट र कांग्रेस दुवै सदनका सदस्यहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने नेताहरूको सूचीमा सामेल भएका छन्। अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने विदेशी नेताहरूको अभ्यास १८७४ मा सुरु भएको हो। अमेरिकी कांग्रेसलाई बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल लगायत धेरै विश्वका नेताहरूले सम्बोधन गरी सकेका छन् ।

युक्रेनलाई बेवास्ता गर्न सकिँदैन
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अहिले सारा विश्व आपसमा जोडिएकाले युक्रेनमा रुसको युद्धलाई नजरअन्दाज गर्न नसकिने बताए । उनले भने, “यो लडाइँलाई रोक्न वा स्थगित गर्न सकिँदैन। समुद्रबाट कसैले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यसलाई बेवास्ता गर्न सकिँदैन।” उनले भने, ‘अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म र हरेक देशदेखि अस्ट्रेलियासम्म विश्व यति धेरै एक अर्कासँग जोडिएको र एक अर्कामा निर्भर छ कि अब एकान्तमा बस्न सम्भव छैन र सुरक्षित पनि छैन । यसरी लडाइँ गर्दा टाढै बस्न सम्भब पनि छैन ” उनले थपे, “हाम्रा देशहरू यस लडाइमा सहयोगी छन्, र अर्को वर्ष एउटा टर्निङ प्वाइन्ट हुनेछ। र म विश्वस्त छु कि युक्रेनको बहादुरी र अमेरिकी संकल्पले हाम्रो साझा स्वतन्त्रताको भविष्यको ग्यारेन्टी गर्नेछ। मूल्यमान्यताको स्वतन्त्रता पाइनेछ।” त्यसको लागि हामी खडा छौं।” ,

युक्रेन कहिल्यै एक्लो हुनेछैन- अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी कांग्रेसलाई सम्बोधन गर्नु पूर्व युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा भेट गरेका थिए र भेटपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई निरन्तर सहयोग गर्ने वाचा गरेका थिए ।

तस्बिर : ट्विटर

यसै क्रममा जेलेन्स्कीलाई भेटेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘युक्रेन कहिल्यै एक्लै उभिने छैन । भेटको तस्बिर सेयर गर्दै बाइडेनले युक्रेनका राष्ट्रपतिसँग बस्न पाउनु सम्मानको कुरा भएको बताए। बाइडेनले भने, “हामी युद्धको समयमा निरन्तर कुरा गरिरहेका छौं, तर व्यक्तिगत रूपमा कुरा गर्नु सार्थक छ।” बाइडेनले भने, “मैले राष्ट्रपति जेलेन्स्कीलाई भने कि संयुक्त राज्य अमेरिका युक्रेनी जनतालाई आवश्यक भएसम्म सहयोग गर्न प्रतिबद्ध छ।” राष्ट्रपति बिडेनले भने, “अमेरिकी जनता हरेक पाइलामा तपाईको साथमा छन् र हामी तपाईको साथमा रहनेछौं। जबसम्म युद्ध रहन्छ, हामी तपाईसँग हुनेछौं।” बाइडेनले भने, “मलाई कुनै शङ्का छैन कि हामीले स्वतन्त्रताको ज्वालालाई जीवित राख्नेछौं र उज्यालो जीवित रहनेछ र त्यो उज्यालोले अन्धकारमाथि विजय हासिल गर्नेछ।”

युक्रेनलाई १.८५ बिलियन डलरको सहयोग
युक्रेनी राष्ट्रपतिसँगको भेटपछि अमेरिकाले युक्रेनलाई १.८५ बिलियन डलर बराबरको हतियार दिने घोषणा गरेको छ । अमेरिकाले अब युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली दिनेछ, जसले गर्दा युक्रेनले रुसको हवाई हमलालाई सजिलैसँग सामना गर्न सक्नेछ। पैट्रियट एयर डिफेन्स मिसाइल प्रणाली विश्वको सबैभन्दा खतरनाक मिसाइल रक्षा प्रणाली हो र यसले सजिलैसँग लक्ष्य सेट गरेर नष्ट गर्दछ। यससँगै प्याट्रियट मिसाइल तैनाथ गरेपछि युक्रेनले रुसी मिसाइललाई आकाशमै सजिलै खसाल्न सक्नेछ । प्याट्रियट मिसाइलले युक्रेनको सिमानालाई एक किसिमले सुरक्षित बनाउन सक्छ। प्याट्रियट मिसाइलले एकैपटक चारवटा मिसाइल प्रहार गर्न सक्छ र यो लामो दूरीको वायु रक्षा प्रणाली हो। प्याट्रियट मिसाइल प्रणाली यति उपयोगी मानिन्छ कि यसले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र उन्नत लडाकु विमानलाई समेत खसाल्न सक्छ।

तपाईको सहयोग दान होइन, यो विश्वव्यापी सुरक्षा र लोकतन्त्रमा गरिएको लगानी हो
युक्रेनलाई रुसी आक्रमणसँग लड्न सहयोग गर्न अमेरिकाले फेरि १.८५ बिलियन डलरको सहायता स्वीकृत गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो सहयोग दान नभई विश्व सुरक्षामा लगानी भएको बताएका छन् । जेलेन्स्कीले फेब्रुअरीमा सुरु भएको युद्धमा अमेरिकाले युक्रेनलाई सहयोग गरिरहने र त्यसलाई निरन्तरता दिने आशा व्यक्त गरे। जनवरी ३ देखि अमेरिकी काग्रेसमा रिपब्लिकन पार्टीको बहुमत हुन लागेको बेला अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो । एकै समयमा, जेलेन्स्कीले भने, “तपाईको पैसा दान होइन।” उनले भने, “यो विश्वव्यापी सुरक्षा र लोकतन्त्रमा गरिएको लगानी हो।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img