तीन करोड बढि भ्रष्टाचार गरेको भन्दै वातावरण अधिकृत सहित ४ जना उपर मुद्दा दायर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीसहित अन्य तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वातावरण अधिकृत चौधरीसहित मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सव–इन्जिनियर विवेक कार्की र ठेकेदार किशन एण्ड विल्डर्स प्रा. लि.का सञ्चालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीमाथि भ्रष्टाचारको आरोप मा मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार दमक नगरपालिकाका, वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ्ग गाउँपालिका मोरङ्गका असिस्टेन्ट सव-इन्जिनियर विवेक कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने अनुमति प्राप्त परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुँदा अनुमतिप्राप्त भन्दा बढी उत्खनन् गर्ने कार्यलाई समयमै नियन्त्रण गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा त्यसो नगरी आफू कानूनी जिम्मेवारीबाट विमुख भै नगरपालिकालाई प्राप्त हुने राजस्व रकम हानिनोक्सानी हुने कार्य हुँदा समेत सो कार्य नियन्त्रण गर्नेतर्फ उदासीन (Omission) रही भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिन आएकोले निजहरु ज्ञानेन्द्र चौधरी र विवेक कार्कीलाई उल्लेखित कसुरमा अनुमतिभन्दा बढी उत्खनन् बापतको रु.३,४४,११,२८८।२५ (तीन करोड चौवालीस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) बमोजिम बिगो अनुसार जरिवाना र ३(१)(झ) बमोजिम कैद सजाय हुन एवं हानिनोक्सानी भएको उक्त बिगोसमेत निजहरुबाट सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ ।

निजहरु ज्ञानेन्द्र चौधरी र विवेक कार्कीले नदीजन्य पदार्थ के कति परिमाणमा उत्खनन् भएको थियो भनी स्थलगत जाँचबुझ एवं मुचुल्कासमेत उठाई एकिनका साथ प्रतिवेदन पेस गर्नुपर्नेमा हचुवाको भरमा उत्खनन् गरेको भन्दा घटी परिमाण उल्लेख गरी झुट्टो गलत प्रतिवेदन दिएको देखिएको अख्तियारको आरोप छ।

साथै, ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रा.लि.का संचालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी आफूलाई गैरकानूनी लाभ लिने बदनियतले कवुलियतनामाको शर्त उल्लंघन गरेकोले उक्त कार्यबाट दमक नगरपालिकालाई प्राप्त हुने राजस्व रकम रू.३,४४,११,२८८।२५ सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको हुँदा निजहरु पशुपति उप्रेती र निशम कार्कीलाई रु.३,४४,११,२८८।२५ (तीन करोड चौवालीस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा निजहरुलाई सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी विगो रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img