युक्रेनले डोनेस्कमा गरेको आक्रमणमा ६३ रुसी सैनिकको मृत्यु भएको रुसको रक्षा मन्त्रालयबाट घोषणा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको रक्षा मन्त्रालयले डोनेस्कको रुसी नियन्त्रित सहर माकिभकामा रहेको रुसी सैनिकको एक अस्थायी ब्यारेकमा भएको आक्रमणमा ६३ सैनिकको मृत्यु भएको जनाएको छ भने युक्रेनी रक्षा मन्त्रालयले मृत्यु हुनेको संख्या ४०० नजिक पुगेको दाबी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भनी बताएको छैन, तर युक्रेनी सेनाले नयाँ वर्षमा भर्खरै अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरेर रुसी सैनिकको ब्यारेकमा आक्रमण गरेको विश्वास गरिन्छ।

“अस्थायी ब्यारेकमा उच्च-विस्फोटक वारहेड सहित चार क्षेप्यास्त्रहरूद्वारा आक्रमणको हुदा ६३ रूसी सैनिकहरू मारिए,” रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। रसियाबाट युक्रेनमा भएको क्षतिको यो दुर्लभ घोषणा हो ।

युक्रेनी सेनाले हिमर्स प्रक्षेपण प्रणालीबाट छ वटा रकेट प्रहार गरेको र ती मध्ये दुईलाई खसालिएको रुसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

लगभग ४०० रूसी सेनाको आक्रमणमा मारिएको युक्रेनको सेनाले भनेको छ , जुन आक्रमण डोनेट्स्कको पूर्वी क्षेत्रको मस्को नियन्त्रित भागमा भएको थियो।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img