दिदिले आफ्नो भाइले जितेको १ मिलियन डलरको लटरी इनाम चोरेको आरोप स्वीकार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टेक्सासकी एक महिलाले आफ्नो काकाको छोरा (भाइ) बाट $ १ मिलियन डलरको जित्ने “स्क्र्याच-अफ” टिकट चोरेको र नोभेम्बर २०२० मा एकमुष्ट भुक्तानमा $ ५ लाख डलर भन्दा बढी दाबी गरेकोमा शुक्रबार दोषी स्वीकारेको नासाउ काउन्टी जिल्ला न्यायधिवक्ता एनीटी डोनेलीले एक बिज्ञप्ति मार्फत भनेका छन्।

ह्युस्टन, टेक्सासका ३४ वर्षीया आइरिस अमाडोर अर्गुटाले न्यायाधीश होवार्ड स्टुरिमसमक्ष आफ्नो कसूर स्वीकारेकी छन् । उनलाई मार्च १५ , २०२३ मा १ – १/३ वर्षदेखि ४ वर्षको जेल सजाय हुने अपेक्षा गरिएको छ। मे २०२२ मा प्रतिवादीले जफत गरेको चिठ्ठा जितेको रकम $३१७ , ८५७। १३ उसको बैंक खाताबाट निकाली पीडितलाई फिर्ता गरिएको नासाउ काउन्टी जिल्ला न्यायधिवक्ताले जनाएका छन् ।

जिल्ला न्यायधिवक्ता डोनेलीले बिज्ञप्तिमा भनेका छन् , ” प्रतिवादीले सोच्यो कि उसले ज्याकपट जित्यो जब उनको भाईको $ १ मिलियन जितेको ‘स्क्रैच-ऑफ’ टिकट लाई आफ्नो बताउदै $ ५ लाख भन्दा बढी एकमुष्ट रकम दावी गरिन” । “तर, लालची कार्यले उनको भाग्यको अन्त पनि गरिदियो , साथै अब उनी आफुले गरेको अपराधका लागि जेलमा समय बिताउने छिन।”

ग्लेन कोभ पुलिस विभाग र एनसीडीएद्वारा गरिएको संयुक्त अनुसन्धान अनुसार, अक्टोबर २८ , २०२० मा पीडितले १९४ ग्लेन कोभ स्थित सेभेन इलेभेन सुविधा स्टोरमा $ ५ होल्ड ‘एम पोकरको “स्क्र्याच-अफ” टिकट खरिद गरेका थिए । जब उनले टिकट स्क्र्याच गरे, $ १ मिलियनको ज्याकपट पुरस्कार जितेको थाहा पाएका थिए ।

पीडित भाईले अर्गुटालाई सम्पर्क गरे र उनको तर्फबाट $ १ मिलियनको ज्याकपट पुरस्कार दाबी गर्न आग्रह गरे किनभने उनी गुमनाम रहन चाहन्थे । पीडितले अर्गुटालाई पुरस्कार दाबी गर्नको लागि $ ५० हजार दिने वाचा गरेका थिए र उनी सहमत भएकि थिइन् ।

त्यस समयमा भर्जिनियामा बस्ने अर्गुटा न्युयोर्क गईन र भाईबाट विजयी ज्याकपट पुरस्कारको टिकट प्राप्त गरिन । कोभिडको सावधानीहरूका कारण न्यूयोर्क गेमिङ आयोगले व्यक्तिगत रूपमा कार्यालयमा आउन बन्देज लगाएकाले नोभेम्बर १३ , २०२० मा अर्गुटाले न्यूयोर्क गेमिङ आयोगमा विजयी टिकट पठाएकि थिइन् ।

एक हप्ता पछि, अर्गुटाले न्युयोर्क राज्य लोटरीको कागजी प्रक्रियाका लागि भाईको निवासमा पुगिन , कागजमा पुरस्कार राशि $२० हजार मात्र देखियो। प्रतिवादी अर्गुटाले पीडित भाईलाई $१३,४३६ नगद भएको एउटा खाम पनि दीइन र बाँकी रकम करका लागि राखिएको बताइन ।

अनुसन्धानका अनुसार, इन्टरनेटमा खोजि गरेपछि न्युयोर्क लटरीको वेबसाइटमा एक प्रेस विज्ञप्ति देखियो जसले जनाएको थियो कि अर्गुटाले ग्लेन कोभमा खरिद गरिएको टिकटबाट $ १ मिलियन पुरस्कार दाबी गरेकी थिइन्। उक्त विज्ञप्तिमा कर पछि $ ५३७, ४४० को एकमुष्ट भुक्तानी अर्गुटाले प्राप्त गरेको उल्लेख थियो।

प्रेस विज्ञप्तिको बारेमा थाहा पाएपछि, पीडित भाईले प्रतिवादी दिदिलाई फोन गरेका थिए। आफूसँग कुनै अतिरिक्त पैसा नभएको र यदि उसले सम्पर्क गर्न जारी राखेमा कानुनी परिणाम भोग्नु पर्ने भन्दै भाईलाई चेतावनी दिएकी थिइन् ।

संयुक्त अनुसन्धानको रिपोर्ट अनुसार प्रतिवादीले न्युयोर्क गेमिङ आयोगबाट एकमुष्ट पुरस्कारको रूपमा $ ५३७, ४४० प्राप्त गरेकी थिइन् ।

अर्गुटालाई नोभेम्बर २०२१ मा टेक्सासमा पक्राउ गरिएको थियो। मे महिनामा उनको आफ्नो बैंक खाताबाट पुरुस्कारको रकम मध्ये $३१७, ८५७ जफत गरि उनको भाइलाई फिर्ता गरिएको जिल्ला वकिलको कार्यालयले बिज्ञप्तिमा भनेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img