मिडियाका १२ भाइले आफूलाई फसाउन खोजिरहेको लामिछानेको आरोप: मिडिया घेराउ गर्ने कडा चेतावनी

लामिछानेले पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्नेक्रममा कान्तिपुर पब्लिकेसन्स , अनलाईन खबर , सेतोपाटी , अन्नपूर्ण पोष्ट लगायतका ठुला मिडिया हाउसहरु , तिनका मालिक लगायत आवद्व पत्रकारहरुको नाम नै किटेर आक्रोस पोखेका छन।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठकको निर्णयका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका सभापती रबि लामिछानेले ठुला ठुला हेडलाईन राखेर आफ्ना बारेमा गलत सुचना प्रबाह गर्ने ठुला मिडिया हाउसहरुको नाम नै किटेर आफ्नो पार्टिले मिडिया घेराउ गर्न सक्ने चेतावनी दिएका छन।

लामिछानेले पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्नेक्रममा कान्तिपुर पब्लिकेसन्स , अनलाईन खबर , सेतोपाटी , अन्नपूर्ण पोष्ट लगायतका ठुला मिडिया हाउसहरु , तिनका मालिक लगायत आवद्व पत्रकारहरुको नाम नै किटेर आक्रोस पोखेका छन। लामिछानेले कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाल लगायत मिडियामा आबद्व अन्य पत्रकारहरुको समेत कडा आलोचना गरेका छन् ।

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको छोराको गाडि दुर्घटना सम्बन्धी घटनालाई मिडिया लगायत सरकारी निकायले लुकाएको लामिछानेको आरोप छ। यी नै कारणहरु र ठुला मिडियाहरुको पर्दाफास हुने डरले आफुलाई गृह मन्त्री हुन बाट रोक्न अनेकौ गतिविधिहरु भएको समेत उनले बताएका छन।

बोल्नेक्रममा लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई पासपोर्टमा फसाउन खोजिरहेको आरोप लगाएका छन्। ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला, म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा लामो लिष्ट सहित उपस्थित भएका लामिछानेले मिडिया हाउससँग जोडिएको भन्दै बिगतका घटनाक्रमहरू पढेर सार्वजनिक गरेका थिए।

मिडियाले प्रकाशन गर्ने समाचारको हेड लाइन/शिर्षक हेरेर आफ्नो धारणा नबनाउन उनले आग्रह गरेका छन।

यसैगरी, अदालतमा धेरै लामो समय देखि फैसला नभएका राजनीतिक व्यक्तिहरुको मुद्वा बिबरण सार्वजनिक गर्दै आफ्नो मुद्वा भने हतार हतारमा फैसला गर्नुको आसय आफुलाई सिद्वाउने खेल भएको बताए तर आफुले अदालतको आदेशलाई सधै पालना गर्ने पनि बताए।

उता, नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ । आज एक प्रेश बिज्ञप्ति जारी गर्दै महासंघले भनेको छ – ‘पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिबद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो । लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुर्‍याएकोमा आक्रोश पोखेको देखिन्छ । अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं ।’

यस अघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो। यतिबेला रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका छन ।

प्रेस सम्मेलनको भिडियो यहाँ हेर्नु होस्

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img