नेपाल सरकारद्वारा ‘भ्यालेन्टाइन डे’ को पूर्वसन्ध्यामा गुलाबको फूल आयातमा रोक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा भारत र चीनलगायतका मुलुकबाट ताजा गुलाब आयातमा रोक लगाएको छ।

बिहीबार एक सूचना जारी गर्दै कृषि मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरूलाई आयात अनुमति बन्द गर्न भनेको हो।

नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयलाई पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो।

यो सूचनासँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको गड्डाचौकी र उत्तरका कुनै पनि नाकाबाट गुलाब आयात गर्न पाइने छैन। ‘केन्द्र मातहतका सबै कार्यलयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ’, परिपत्रमा भनिएको छ।

केन्द्रले वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाएको छ। विरुवाजन्य चिजमा रोग र किराको सम्भावना भएपछि तत्काल आयातलाई रोकिएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताए।
‘नेपालमा गुलाब र अन्य विरुवामा रोग आउने जोखिम देखियो। जोखिम अध्ययन पनि नभएका कारण अहिलेलाई रोकिएको हो,’ उनले भने।

यसबारे प्राविधिक समितिको बैठक बाँकी नै रहेकाले त्यसपछि मात्रै थप निर्णय हुने आचार्यले बताए। नेपाली फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष मीनबहादुर तामाङले भने मन्त्रालयले गुलाब ल्याउन बन्द गरेको कारणबारे आफू जानकारी नभएको बताए।

आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img