तालिबानद्वारा कण्डम, गर्भनिरोधक औषधिमाथि प्रतिबन्ध, तालिबान भन्छ – मुस्लिम जनसंख्या नियन्त्रण गर्ने षडयन्त्र

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि धेरै अनौठा प्रतिबन्धहरू लगाउदै आएको छ । पहिले तालिबानले महिलाहरूलाई बुर्का बिना घरबाट बाहिर निस्कन प्रतिबन्ध लगायो। त्यसपछि उनीहरूलाई स्कूल-कलेज जान प्रतिबन्ध लगायो । अब, अर्को आश्चर्यजनक निर्णय गर्दै तालिबानले देशमा कण्डमको बिक्री रोक्न आदेश जारी गरेको छ। पश्चिमलाई निशाना बनाउँदै तालिबानले यसमार्फत मुस्लिम जनसंख्या घटाउने षड्यन्त्र भइरहेको बताएको छ ।

तालिवानको क्याम्पेन : कण्डम प्रयोग नगर्न आदेश
तालिबान लडाकुहरूले व्यक्तिगत रूपमा घर-घर गएर मानिसहरूलाई कण्डम प्रयोग नगर्न आग्रह गरिरहेका छन्। काबुललगायत धेरै प्रान्तमा यसको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। काबुल सहरको एक मेडिकल स्टोरका मालिकले तालिबान बन्दुकधारीहरू दिनमा दुई वा तीन पटक उनको पसलमा आएर गर्भनिरोधक सामग्रीहरू नबेच्न आदेश दिने गरेको संचार माध्यमलाई बताएका छन । यति मात्र होइन, हरेक दिन पसल लगायत मेडिकल स्टोरमा गर्भनिरोधक औषधिमा नबेचोस भनी चेकजाँच गरिरहेका छन् ।

मेडिकल स्टोरमा छापा– कन्डम, गर्भनिरोधक औषधिमा प्रतिबन्ध
तालिबान कमाण्डरले एउटी महिलालाई घर नछोड्न आदेश दिदै “पश्चिमी षड्यन्त्रलाई बढावा दिन गर्भनिरोधक लिनु आवश्यक छैन र यो एक घृणित कार्य हो” भनेको पिडित महिलाले संचार माध्यमलाई आफ्नो अनुभव सुनाउदै भनिन । अर्को मेडिकल स्टोरका मालिकले तालिबान लडाकुहरू उनको पसलमा आएर कन्डम र गर्भनिरोधक नबेच्न धम्की दिएको पुष्टि गरेको संचार माध्यमले जनाएका छन् । गर्भनिरोधक र डेपो-प्रोभेरा इंजेक्शनहरू बिक्रि नगर्न आदेश दिइएको समेत मेडिकल स्टोरका मालिकले बताएका छन ।

जनसंख्या बृद्दी हुने खतरा
तालिबान यो आदश महिलाहरुको अधिकार दबाउन शुरु गरिएको नयाँ अध्यादेश हो। यसअघि, तालिबानले महिलाहरूलाई शिक्षामा प्रतिबन्ध लगाउदै उनीहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको थियो। महिलाहरूलाई जागिरबाट निकालेको थियो र उनीहरूलाई बुर्का बिना घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको थियो। एकातिर देशको स्वास्थ्य प्रणाली धराशायी छ, अर्कोतिर यस्तो निर्णयले यहाँ थप गम्भीर स्वास्थ्य संकट निम्त्याउने सम्भावना छ । गर्भावस्थामा समयमै उपचार नपाउँदा विगतमा १४ महिलाको मृत्यु भएको थियो । योसँगै तालिबानी आदेशका कारण देशमा जनसङ्ख्या मा तिब्र बृद्वी हुने निश्चित रहेको विज्ञ बताउछन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img