बंगलादेशमा विपक्षी पत्रिकामाथि प्रतिबन्ध

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशले प्रमुख प्रतिपक्षी दलको पत्रिकामाथि प्रतिबन्ध लगाएको छ । सरकारले बंगाली भाषामा प्रकाशित ठुलो आकारको दैनिक दिनकाललाई निलम्बन गर्न निर्देशन दिएपछि प्रकाशन रोकिएको हो । सरकारको यो कदमले बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको सरकारले उक्त निर्णयको आलोचनालाई दबाएको छ। सरकारको यो कदमप्रति अमेरिकालगायत पश्चिमी मुलुकले चासो व्यक्त गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)सँग नजिक रहेको पत्रिका बन्द हुँदा सयौं पत्रकार र प्रेस कर्मचारी बेरोजगार भएका छन् ।

ढाका जिल्ला अधिकारीले अखबार बन्द गर्न दिएको आदेशको विरुद्ध उच्च अदालतका न्यायाधीशको नेतृत्वमा प्रेस काउन्सिलमा अपील गरेपछि डिसेम्बर २६ मा अखबारको प्रकाशन जारी रह्यो।

आइतबार काउन्सिलले जिल्ला अधिकारीको आदेशलाई स्वीकृत गरेपछि प्रकाशन रोक्न बाध्य भएको पत्रिकाका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताए । बंगलादेश प्रेस काउन्सिलले एएफपीलाई भन्यो कि पत्रिकाले देशको मुद्रण र प्रकाशन ऐन उल्लङ्घन गरेको कारण पत्रिकाको प्रकाशन लाइसेन्स खारेज गरिएको थियो। स्रोत: एएफपी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img