अटोमा घुमेर मसला चियाको चुस्की …. दिल्लीमा अमेरिकी विदेशमन्त्रीको फरक शैली !

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जी २० बैठकका लागि भारतको तीन दिने भ्रमणमा रहदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राजधानी दिल्लीमा अटो रिक्सा चढेका छन्। ब्लिन्केनले धेरै तस्विरहरू सेयर गरेका छन् जसमा उनी क्वाड समूहका विदेश मन्त्रीहरूसँग भेट गरेपछि अटो रिक्शाबाट बाहिर निस्केको देखिन्छ। सूट लगाएका ब्लिन्केन अटो रिक्शाबाट बाहिर निस्कँदा मुस्कुराउँदै पोज दिएको तस्बिरमा देखिन्छन्।

ब्लिन्केनले अर्को ट्वीटमा भनेका छन्, “यूएस र भारत, यूएस र हैदराबाद, यूएस र कोलकाता, यूएस र चेन्नई, यूएस र मुम्बईका हाम्रा कर्मचारीहरू र उनीहरूका परिवारहरूलाई भेट्न पाउँदा खुसी लाग्यो। जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन र अमेरिका–भारत रणनीतिक साझेदारीलाई अगाडि बढाउन उनीहरुको कडा परिश्रम र प्रतिबद्धताका लागि म गहिरो आभारी छु।”

अर्को ट्वीटमा, ब्लिन्केनले लेखेका छन् , “आज भारतमा गतिशील महिला नागरिक समाजका नेताहरूसँग भेट भयो। मसला चायमा, हामीले महिला सशक्तिकरणमा भारतभरि उनहरुको महत्त्वपूर्ण कामको बारेमा छलफल गर्‍यौं जसले हाम्रा दुवै देशलाई समृद्ध र बलियो बनाएको छ।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img