रुसमा ‘शान्ति योजना’ लिएर पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को पुगेका छन् । उनले युक्रेन युद्धमा सम्भावित शान्ति निर्माताको रूपमा बेइजिङको भूमिकालाई जोड दिने अपेक्षा गरिएको छ। अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी दबाबको जवाफमा चिनको समर्थन खोजिरहेका छन्। गत शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेपछि पुटिनसँग हात मिलाउने जिनपिङ पहिलो विश्व नेता हुन्। युक्रेन युद्धपछि बालबालिकालाई अवैध रूपमा देश निकाला गरेको आरोपमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सी जिनपिङ तीन दिने भ्रमणका लागि सोमबार रुस पुगेका हुन । यसै महिना तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि सी जिनपिङको यो पहिलो विदेश भ्रमण हो। चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन्। रुस–युक्रेनमा जारी युद्धको बीचमा जिनपिङ–पुटिनबीचको यो भेट महत्वपूर्ण मानिएको छ। चीन र रुसले चिनफिङको भ्रमणलाई दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउने प्रयासको रूपमा व्याख्या गरेका छन्। क्रेमलिनले युक्रेनका लागि चीनको शान्ति योजनाको स्वागत गर्दै पुटिन र जिनपिङबीचको वार्तामा यसबारे छलफल हुने बताएको छ।

सोमबार दुई अध्यक्ष र ‘मित्र’बीचको रात्रिभोजपछि भेटवार्ता सुरु हुने संचार माध्यमले जनाएका छन् । जिनपिङको रुस भ्रमण यस्तो समयमा भइरहेको छ जब अन्तर्राष्ट्रिय फौजदारी अदालतले शुक्रबार युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । तर, रुसले यो वारेन्टलाई ‘अप्रभावी’ भनेको छ । रुस आईसीसीको सदस्य नभएकोले रुसमा यसको कानुन लागू हुँदैन।

युक्रेन युद्धपछि सिङ्गो पश्चिम रुसको विरुद्धमा रहदा रुसमाथिको प्रतिबन्ध हटाउने देशमध्ये चीन पनि थियो । तर, जिनपिङका लागि पुटिनलाई खुलेर सहयोग गर्न त्यति सजिलो छैन । यसले चीन र पश्चिमी देशहरूबीच तनाव बढाउन सक्छ। रुसले सी जिनपिङको भ्रमणलाई पश्चिमाविरुद्धको ‘शक्तिशाली मित्रको समर्थनक ’का रूपमा प्रस्तुत गरिरहेको छ।

युक्रेनले पुटिन र जिनपिङबीचको भेटबाट युद्ध रोक्ने सूत्र निस्कने आशा गरेको छ । यसअघि जिनपिङले रुसी अखबारका लागि लेख पनि लेखेका थिए जसमा उनले आफ्नो भ्रमण रुस–युक्रेन युद्ध रोक्नको लागि ‘शान्ति योजना’ भएको बताएका थिए। तर, पश्चिमा नेताहरूले यसबारेमा शंका व्यक्त गरेका छन् । उनको भ्रमणले वास्तवमा मस्कोको युद्धको आगो निम्त्याउन सक्छ भन्ने पश्चिमा नेताहरू चिन्तित छन्।

हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको र उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको केही दिनपछि सीको भ्रमण आएको हो। चिनियाँ राष्ट्रपति जिनपिङको रुस भ्रमण अन्तर्राष्ट्रियस्तरमा पुटिनमाथि चर्को दबाब रहेको समयमा हुन लागेको भन्न सकिन्छ । यस्तो समयमा जिनपिङको मस्को भ्रमणले रुसका नेता पुटिनलाई समर्थन गर्ने स्पष्ट सङ्केत हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img