रुसी सुखोई एसयू–३५ लडाकु बिमान युक्रेनको लागि टाउको दुखाई बन्दै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको नयाँ लडाकु विमान सुखोई एसयू-३५ ले युक्रेनको टाउको दुखाउन थालेको छ । एसयू-३५ लडाकु बिमानहरूले युक्रेनमा आफ्नो प्रभुत्व बढाउँदै गएको कुरा युक्रेनी अधिकारीहरूले आफैं स्वीकार गरेका छन्। युक्रेनी सरकारलाई डर छ कि उनीहरूको सेनासँग एसयू-३५ लाई काउन्टर गर्ने क्षमता छैन। एसयू-३५ रुसको बहुरोल लडाकु विमान हो। यो विमान विभिन्न मिसनहरूमा प्रयोग गर्न सकिन्छ। रुसको पुरानो एसयू–२७ एयर डिफेन्स लडाकु जेटलाई अपग्रेड गरेर निर्माण गरिएको हो । यो एक सिट, ट्वीन इन्जिन सुपरम्यान्युभरेबल लडाकु विमान हो। यसको डिजाइन सुखोई डिजाइन ब्यूरोले गरेको हो भने सुखोईले निर्माण गरेको हो ।

एबीसी न्यूजको रिपोर्टका अनुसार युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीले रुसको नयाँ एसयू-३५ विमान निकै शक्तिशाली राडार र लामो दूरीका क्षेप्यास्त्रहरूले सुसज्जित रहेको बताएका छन्। यस्तो अवस्थामा यो विमान सजिलै युक्रेनी लडाकु विमानलाई परास्त गर्न र जमिनमा सेनालाई हवाई सुरक्षा प्रदान गर्न सक्षम छ। अधिकारीले भनेका छन् कि युक्रेनसँग यो रुसी बिमान बाट हुन सक्ने खतराको सामना गर्ने क्षमता छैन। हवाई सुरक्षा वास्तवमा ठूलो आवस्यकता भएकाले यस्तो अवस्थामा युक्रेनको प्राथमिकतामा अमेरिका र अन्य सहयोगी राष्ट्रहरूको हवाई रक्षा प्रणाली पहिलो नम्बरमा छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका नजिकका सहयोगी मानिने एक नेताले युद्ध क्षेत्रमा रुसको हवाई हमालाको सामना गर्न  ठूलो चुनौती भएको बताएका छन् । रुससँग युक्रेनभन्दा १२ गुणा बढी विमान छ । यो समस्या अहिले खतरनाक बन्दै गएको र उक्रेनले अमेरिकी अधिकारीहरूलाई पश्चिमी देशहरूबाट लडाकु विमानहरू ल्याउनुबाहेक अर्को विकल्प नभएको र आफुहरुले यो समस्या बताइरहेको  ती अधिकारीले संचार माध्यमलाई बताएका छन् । युक्रेनले विगतमा रुसको हवाई शक्तिसंग प्रतिकार गर्ने क्षमता सीमित रहेको बताएको थियो । यस्तो अवस्थामा हामीलाई पश्चिमी देशहरूबाट थप हवाई सुरक्षा प्रणाली र जमिनबाट आक्रमण गर्ने साइलहरू चाहिन्छ, ति अधिकारीले भनेका छन् ।

युक्रेनले नेटो देशहरूसँग लगातार लडाकु विमानहरू माग गर्दै आएको छ। तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ–१६ विमान दिन अस्वीकार गर्दै आएका छन् । यद्यपि, स्लोभाकियाले गत हप्ता ११ वटा सोभियत युगको मिग लडाकु विमानहरू मध्ये चार युक्रेनलाई हस्तान्तरण गरिसकेको छ। पोल्याण्डले पनि युक्रेनलाई मिग लडाकु विमान दिने वाचा गरेको छ । यहाँ रुसले युक्रेनविरुद्ध एफ–३५ लडाकु विमान प्रयोग गरिरहेको छ । हालै रुसले अमेरिकी रणनीतिक बमवर्षक विमानहरूलाई पछ्याउन यी एफ–३५ विमानहरू पठाएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img