नेपालमा मुर्रा राँगाको चर्चा – के छ बिशेषता ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले १२ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्बन्धमा एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।

भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा उपलब्ध गराउने सम्झौता भएपछी नेपालमा त्यसको चर्चा चुलिएको छ । सम्झौता नै गरेर १५ वटा भैसी मागेको भनी धेरैले यसलाई ब्यङ्ग गरेका छन्। तर, यो जेनेटिक मेटरियल अरू देशमा सहजै लग्न नपाउने तथा नेपाललाई नस्ल उत्पादन तथा प्रजननका लागि महत्वपूर्ण रहेकाले भारत संग मागीएको यसका जानकार बताउछन।

नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यका साथ दुई पक्षबीच द्विपक्षीय सहयोगका नयाँ मार्गहरू जस्तै नानो-फर्टिलाइजर र प्राकृतिक खेतीबारे छलफल भएको थियो। कृषि तथा पशुपन्छी क्षेत्रमा भारत–नेपाल सहकार्यको एक हिस्साका रूपमा नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराइने सम्झौता भएको जनाएको छ।

मुर्रा जातका भैँसी भारतको पन्जाब र हरियाणामा बढी पालिन्छन् । यस किसिमका भैँसीहरू ब्राजिलमा दूध र मासुका लागि प्रयोग गरिन्छन् । यी जातका भैँसीहरूले अन्य भैँसीभन्दा दोब्बर मात्रामा दूध उत्पादन गर्ने भएकाले महँगो मूल्यमा खरिद विक्री हुने गरेको अधिकारीहरु बताउछन ।

नेपालले २०७३ सालदेखि नै मुर्रा राँगा ल्याउनका लागि प्रयास गरेको तर भारतमा यो जेनेटिक मेटरियल अरू देशमा सहजै लग्न नपाउने नीतिगत व्यवस्थाका कारण ल्याउन नसकेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले संचार माध्यमलाई बताएका छन।

मुर्रा जातको भैंसीको शरीर ठूलो, घाँटी र टाउको तुलनात्मक रूपमा लामो, सिङ छोटो र घुमाउरो, थुन राम्रोसँग विकसित, कम्मर फराकिलो र अगाडि र पछिल्तिर झुकेको हुन्छ। पुच्छर भ्रूणहरू सम्म पुग्ने लामो हुन्छ।

रंग सामान्यतया जेट कालो हुन्छ। पुच्छर, अनुहारमा सेतो चिन्हहरू कहिलेकाहीं भेटिन्छन्। राँगाको तौल ५५० केजी र भैंसीको ४५० केजी हुन्छ।

प्रति स्तनपानको औसत दूध उत्पादन १,४५० देखि २,४५० लिटर हुन्छ।

नेपालमा अहिलेसम्म मुर्राह जातका राँगा- भैँसी नरहेकाले भारत सरकारले नेपाललाई नस्ल उत्पादन तथा प्रजननका लागि १५ वटा राँगा उपहार स्वरूप प्रदान गर्न लागेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img