सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध ३ करोड बढीको भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गर्दा उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

‘अनुसन्धान जाँच अवधिमा निजको वैधानिक आय पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय, शेयर बिक्रीबाट प्राप्त आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका ऋणरकर्जा आय, घर बहाल (घर भाडा) बापत प्राप्त वैधानिक आय, बैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयसमेत गरी जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय ४० रुपैया निजको वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ,’ आरोपत्रमा भनिएको छ, ‘सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण खर्च, शेयर खरिदमा भएको खर्च, कर्जारऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी जम्मा सात करोड ४२ लाख ३९ हजार ४६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैया सत्र पैसा० को वैधानिक स्रोत पुष्टि हुन नसकेको देखिँदैन ।’

राजभण्डारी ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा वैधानिक आय भएको अख्तियारको ठहर छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img