आज असार १५ , २०औं राष्ट्रिय धान दिवस मनाइँदै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज असार १५ अर्थात् २०औं राष्ट्रिय धान दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

मानो रोपेर मुरी उब्जाउने महिनासमेत भनिने असारमा किसानलाई रोपाइँ गर्न चटारो छ।

विसं २०६१ मंसिर २९ गते नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

नेपालका अधिकांश नागरिकको जीवन खेतीपातीमै आश्रित छ। विगतका दिनमा झैं यो वर्ष सरकाले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ मनाउँदै छ। यस्तै किसानले रोपाइँ गरेर र दही चिउरा खाएर असार १५ मनाउँदै छन्।

सरकारले यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्याएर उपलब्धि हासिल गर्न लागिपरेको कृषिमन्त्री डा. वेदुराम भुसालको भनाइ छ। अहिले देशमा एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यले उचित नीति बनाएर काम गर्न सकेमा बसाइँसराइ पनि घट्ने र कृषिभूमि पनि कम बाँझो रहने विशेषज्ञहरू बताउँछन्। शिथिल हुँदै गएको अर्थतन्त्रलाई सबल बनाउन पनि धानलाई प्रवर्द्धन गर्नुपर्ने जरूरी छ।

कृषि विभागगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको र त्यसबाट ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल ०.१९ प्रतिशतले घटेको भए पनि उत्पादन भने ६.९ प्रतिशतले वृद्धि भएको देखिन्छ । जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ ।

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

इतिहास हेर्दा सन् १९७० को दशकअघि नेपाल विश्वका कम चामल निर्यात गर्ने देशमध्ये एक थियो। तर समय फेरिँदै गएको छ। कुनै बेला चामल निर्यात गर्ने देश अहिले सर्वाधिक आयातकर्ता बनेको छ। कृषिप्रधान देश अहिले आएर सर्वाधिक चामल आयात र युवा निर्यात गर्ने देशमा परेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img