प्रिगोजिनको विद्रोहले कमजोर पुटिन, रुसी राष्ट्रपतिमा ६ ‘पावर प्लेयर’ दाबेदार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसमा सत्ता जारी राखिराख्ने एउटै उपाय हो, विरोधीलाई दबाउनु। केही समययता रुसको निजी सैन्य समूह प्रमुख येभगेनी प्रिगोजिनको विद्रोहपछि रुसमा अबको राष्ट्रपति को होला भन्नेबारे चर्चा सुरु भएको छ। प्रिगोजिनको विद्रोह असफल भए पनि पुटिनका विरोधीलाई लाग्न थालेको छ कि रुसमा शक्ति प्रयोेगमार्फत सबथोक सम्भव छ।

पुटिनकै विरोधका कारण निर्वासित जीवन व्यतित गरिरहेका पूर्वतेल व्यवसायी तथा प्रो–डेमोक्रेसी एक्टिभिस्ट मिखाइल खोदोर्कोभस्कीले पुटिनको साम्राज्य पतनोन्मुख भएको र नयाँ रुस निर्माण ब्यालेट बक्स या शान्तिपूर्ण तरिकाले नहुने घोषणा गरेका छन्।

पुटिनको पतनपछि विद्रोह

अभियन्ताहरूका अनुसार पुटिनको पतनपछि रुसमा सशस्त्र विद्रोह सुरु गर्नुपर्ने हुन्छ। एक रिपोर्टमा रुसका ६ जना व्यक्ति पुटिनपछि सर्वोच्च पदमा पुग्ने दाबी गरिएको छ। मानौँ, पुटिनलाई कुनै कारणले केही भएमा रुसको संविधानअनुसार हालका प्रधानमन्त्री मिखाइल मिसुस्तिन स्वतः कार्यकारी राष्ट्रपति बन्नेछन्।

पुटिनको स्थान लिन सक्ने व्यक्तिहरू :

अलेक्जेन्डर बोर्टनिकोभ, एफएसबी चिफ

अलेक्जेन्डर रुसको संघीय सुरक्षा सेवा (एफएसबी) प्रमुख तथा सेनामा जनरल हुन्। उनी पुटिनको आन्तरिक सर्कलको सिलोभिक गुटका शक्तिशाली सदस्यमध्ये एक हुन्। यदि अलेक्जेन्डरले विद्रोह गरेको खण्डमा पुटिनले सत्ता बचाउन संघर्ष गर्नुपर्ने देखिन्छ।

सेर्गेइ सोइगू, रुसी रक्षामन्त्री

प्रिगोजिनको विद्रोह असफल भएपछि यदि कसैलाई फाइदा भयो भने रक्षामन्त्री सर्गेइलाई भयो। यी पुटिनका साथी हुन् भने पावर सर्कलमा रहेर एक दर्जन प्रधानमन्त्रीसँग काम गरेको अनुभव पनि उनीसँग छ। उनको ठूलो शक्ति भनेकै सैन्य पृष्ठभूमि नहुनु हो।

एलेक्सी नभेल्नी, रुसी विपक्षी नेता

पुटिनका कट्टर विरोधी नेता एलेक्सी हाल जेलमा छन्। छलछाम र अदालतको अवहेलना मुद्दामा सात वर्षदेखि जेल सजाय काटिरहेका छन्। उनलाई नयाँ मुद्दामा ३० वर्षको जेल सजाय हुन सक्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपक्षीको प्रमुख भएकाले उनी पनि पुटिनका लागि चुनौती बनेका छन्।

रमजान कदिरोभ, चेचेन सेना प्रमुख

चेचेन सेना प्रमुख रमजान पुटिका विश्वासपात्र हुन्। उनले पहिलोपटक प्रिगोजिनविरुद्ध सार्वजनिक रुपमै मोर्चा खोल्ने घोषणा गरेका थिए। प्रिगोजिनझैं रमजान पनि पुटिनद्वारा तयार पारिएका ‘वारलर्ड’ हुन्, जो अन्य देशसहित रुस र स्वयं पुटिनका लागि पनि खतरा हुन्।
सेर्गेई सुरोभिकिन, एरोस्पेस कमान्डर

युद्धले कुनै रुसी जनरल सर्वाधिक शक्तिशाली बन्यो भने त्यसमा सेर्गेई पर्छन्। रुसी सैनिकमा लोकप्रिय उनी हाल फरार छन्। सेर्गेई वागनरको विशिष्ट सदस्य रहेको र प्रिगोजिन विद्रोहबारे पहिल्यै जानकार भएको टिप्पणी गरेका छन्।

भिक्टोर जोलोतोभ, रुसी नेसनल गार्ड प्रमुख

भिक्टोर पुटिनका अंगरक्षक बनिसकेका छन्। दुई लाखभन्दा बढी सैनिक रहेको नेसनल गार्ड ट्यांक र आधुनिक हतियारले सम्पन्न छ। भिक्टोरले नेसनल गार्डबारे सीधै पुटिनलाई खबर गर्छन्। उनी जति शक्तिशाली छन्, रुसी राष्ट्रपति पुटिनका लागि उत्तिकै खतरानाक पनि छन्।श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img