भारतले सिख नेताको हत्या गरेको क्यानडाको आरोप, दुवै देशले निकाले एकअर्काका कूटनीतिज्ञ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले आफ्नो देशबाट क्यानडाका उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको छ। ती कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको समय दिएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि सिख नेताको हत्या गरेको आरोप लगाएपछि यो स्थिति सिर्जना भएको हो। ट्रुडो संसद्मा बोल्दै भारत सरकारका एजेन्टले जुन महिनामा क्नडास्थित ब्रिटिस कोलम्बियामा सिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताउनुभएको थियो।

साथै उहाँले ९ र १० सेप्टेम्बरमा भारतमा भएको जी–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु यो मुद्दा उठाउनुभएको थियो। क्यानडा सरकारलाई प्राप्त खुफिया जानकारीको आधारमा आरोप भारतमाथि आरोप लगाएको बताइएको छ।

यसैगरी क्यानडाका विदेशमन्त्री मेलनी जलीका अनुसार क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई पनि देश निकाला गरेको छ। ती कूटनीतिज्ञ भारतीय इन्टेलिजेन्सका प्रमुख थिए।

क्यानडाको आरोप अर्थहीन : भारत

भारतले क्यानडाले लगाएका सबै आरोपको खण्डन गरेको छ। विदेश मन्त्रालयका अनुसार क्यानडाले लगाएका सबै आरोप अर्थहीन हुन्। यस्तै खालको आरोप ट्रुडोले मोदीसामु पनि राख्नुभएको तर त्यसलाई भारतले खण्डन गरेको मन्त्रालयको भनाइ छ।

छानबिनमा सहयोग गर्न भारतलाई दबाब दिन्छौँ : ट्रुडो

प्रधानमन्त्री ट्रुडोले संसद्मा बोल्दै क्यानडाको भूमिमा कुनै पनि नागरिकको हत्या गर्न विदेशी सरकार संलग्न हुनु आफ्नो देशको सम्प्रभुताको उल्लंघन भएको बताउनुभयो। यो हत्याको छानबिनमा सहयोग गर्न भारतमाथि दबाब बनाउने पनि उहाँको भनाइ छ।

‘क्यानडामा भारतीय मूलका सिख समुदाय यो हत्यालाई लिएर असन्तुष्ट छन्,’ ट्रुडोले भन्नुभयो। देशमा १४ देखि १८ लाखसम्म भारतीय मूलका छन्। जसमध्ये कैयौँ सिख समुदायका छन्। यस्तै त्यहाँ विपक्षी पार्टी न्यु डेमोक्रेटिक पार्टीका नेता जगमित सिंह सिख समुदायबाट हुनुहुन्छ।

भारतको मस्ट वान्टेडमा निज्जर

आतंकारी निज्जर पन्जाब, जालन्धरनिवासी थिए। १९९२ मा क्यानडा गएका उनी खालिस्तान टाइगर फोर्सका प्रमुख थिए। यस्तै भारतीय एजेन्सीको मस्ट वान्टेड आतंककारीको सूचीमा थिए। राष्ट्रिय छानबिन समितिले (एनआइए) ले जारी गरेको ४० आतंकारीको सूचीमा निज्जरको पनि नाम थियो। उनीविरुद्ध प्रहरीरले २०१५ मा लुकआउट नोटिस र २०१६ मा रेड कर्नर नोटिस जारी गरेको थियो।

आरोप–प्रत्यारोपबीच भारत–क्यानडा सम्बन्ध

क्यानडा–भारतको सम्बन्ध पहिलेदेखि नै तनावग्रस्त छ। अहिले प्रधानमन्त्री ट्रुडोको आरोपले दुवैबीचको सम्बन्धमा दरार आउन सक्ने आकलन गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img