‘नूरी’ लाई लिएर राहुल गान्धी विवादमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) सँग सम्बन्धित एक नेताले राहुल गान्धीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। एआईएमआईएम नेता मोहम्मद फरहानले कुकुरको नाम ‘नूरी’ राखेकोमा असन्तुष्टि व्यक्त गर्दै मुद्वा दायर गरेका हुन् । कांग्रेस सांसद राहुल गान्धीविरुद्ध प्रयागराजको स्थानीय अदालतमा निवेदन दायर गरिएको छ । कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए। यो कुकुरको नाम ‘नूरी’ राखिएको थियो। यो कुकुरको नामलाई लिएर राहुल गान्धी पून विवादमा तानिएका छन ।

धार्मिक भावनामा चोट पुर्याएको आरोप
कुकुरको नामले मुस्लिमहरुको धार्मिक भावनामा चोट पुर्‍याएको मुस्लिम नेताको दाबी छ। उनीहरुका अनुसार ‘नूरी’ शब्द विशेष रूपमा इस्लामसँग सम्बन्धित छ र पवित्र पुस्तक कुरानमा उल्लेख छ। उनले सोमबार न्यायिक मजिस्ट्रेटको अदालतमा राहुल गान्धीको विरुद्ध धार्मिक भावनामा चोट पुर्याएको अन्तर्गत एफआईआर दर्ता गर्न माग गरेका छन ।

मुस्लिम नेताले कुकुरको नाम विभिन्न पत्रपत्रिकाहरू, कांग्रेस नेताको फेसबुक पेज र यूट्यूब च्यानलबाट थाहा पाएको र उनीहरुले गान्धीलाई समाचार च्यानल र अखबारहरू मार्फत कुकुरको नाम परिवर्तन गर्न र सार्वजनिक रूपमा माफी माग्न भनेका थिए तर त्यसको कुनै प्रभाव नपरेपछि अदालत गएको जनाएका छन ।

यसै प्रसङ्गमा, अदालतले उजुरीकर्ता मुस्लिम नेतालाई नोभेम्बर ८ मा बयानका लागि बोलाएको छ। बयान पश्चात अदालतले राहुल गान्धीलाई बोलाउन सक्ने बताइएको छ ।

विवादको सुरुवात :
राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका थिए, जसमा उनले आफू गोवा भ्रमणमा रहेको बेला त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको बताए । उनले कुकुरलाई दिल्ली ल्याए र त्यसपछि उनले उक्त कुकुर आफ्नी आमालाई उपहार दिए।

भिडियोमा राहुल गान्धीले “म तिमीलाई (सोनिया गान्धी) मेरो परिवारको नयाँ सदस्य, जसको नाम ‘नूरी’ हो,सँग परिचय गराउन चाहन्छु” भनेको सुन्न सकिन्छ। “उनी गोवाबाट सीधै हाम्रो काखमा आएर हाम्रो जीवनको ज्योति बनिन्। निःशर्त प्रेम र असहज वफादारी – यो सुन्दर जनावरले हामीलाई धेरै सिकाउन सक्छ! त्यसपछि उसले यो कुकुर आफ्नी आमालाई दिन्छन”।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img