Monday, October 12, 2026
63.6 F
Washington DC.

भारत-नेदरल्याण्डः भारतद्वारा नेदरल्याण्ड १६० रनले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ को अन्तिम लिग खेलमा भारतले नेदरल्यान्ड्सलाई नोभेम्बर १२, आइतबार १६० रनले पराजित गरेको छ। यो जितसंगै रोहित शर्माको नेतृत्वमा रहेको भारतिय टोलीले लगातार ९ खेल जित्दै लिग चरणमा अपराजित रह्यो ।

सेमिफाइनलकालागि भारतले नोभेम्बर १५ मा मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्याण्डको सामना गर्नेछ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले श्रेयस अय्यर (अनटआउट १२८) र केएल राहुल (१०२ रन) को शतक र चौथो विकेटका लागि २०८ रनको साझेदारीमा चार विकेटमा ४१० रनको विशाल स्कोर बनाएको थियो। यी दुई बाहेक कप्तान रोहित शर्मा (६१ रन), शुभमन गिल (५१ रन) र विराट कोहली (५१ रन)ले अर्धशतकीय पारी खेलेका थिए।

नेदरल्याण्ड्सको टोली ४७।५ ओभरमा २५० रनमा अलआउट भएको थियो। तेजा निदामानुरुले सर्वाधिक ५४ रन बनाए । यसबाहेक साइब्रान्ड एंगेलब्रेचले ४५ रन बनाए । कोलिन एकरम्यानले ३५ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले २–२ विकेट लिएका थिए भने विराट कोहली र रोहित शर्माले १–१ विकेट लिएका थिए । कोहली र रोहितका अलावा शुभमन गिल र सूर्यकुमार यादवले पनि बलिङ गरेका थिए ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img