Monday, October 12, 2026
63.6 F
Washington DC.

बलिउडमा धार्मिक पक्षपातको आरोप : अन्नु कपूरद्वारा ‘चक दे! इन्डिया’ को पात्रप्रति आपत्ति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मुम्बई, भारत – भारतका अभिनेता अन्नु कपूरले हालैको अन्तर्वार्तामा बलिउडमा धार्मिक पक्षपातको आरोप लगाउँदै फिल्म उद्योगले हिन्दू पात्रलाई दोस्रो दर्जामा प्रस्तुत गरेको गुनासो गरेका छन्। कपूरले विशेष गरी सन् २००७ मा रिलिज भएको खेलकुद प्रधान सिनेमा चक दे इन्डिया मा मुस्लिम पात्रलाई नायकको रूपमा प्रस्तुत गर्न र हिन्दू पात्रलाई खलनायककारूपमा देखाउन गरिएको कथानक परिमार्जनमाथि प्रश्न उठाएका छन्।

एएनआई संचार माध्यमसंगको कुराकानीमा कपूरले भने कि फिल्मको मुख्य पात्र, जसको वास्तविक जीवनको प्रेरणा हिन्दू कोच मीर रञ्जन नेगीबाट लिइएको थियो, तर कथामा मुस्लिम पात्रमा परिवर्तन गरिएको थियो। उनले शाहरुख खानले निर्वाह गरेको यो भूमिकालाई मुस्लिम समुदायलाई नायकको रूपमा प्रस्तुत गर्ने नियतले गरिएको आरोप लगाए। साथै, कपूरले एक प्रसङ्गलाई लक्षित गर्दै हिन्दू पुजारीलाई मजाकको रूपमा प्रस्तुत गरेको दृश्यप्रति पनि आपत्ति जनाए।

“पात्रलाई हिन्दूबाट मुस्लिम बनाउन किन आवश्यक पर्‍यो? मुस्लिमलाई नायकको रूपमा र हिन्दूलाई खलनायक देखाउने स्पष्ट एजेंडा छ,” कपूरले भने। उनले बलिउडमा यस किसिमको कथावस्तुको आवश्यकतामाथि प्रश्न उठाउँदै धार्मिक संवेदनशीलतालाई ख्याल राख्नुपर्ने तर्क गरेका छन्  ।

कपूरको भनाइले बलिउड र समाजमा विभाजनकारी बहस जन्माएको छ। केहीले उनको भनाइलाई समर्थन गर्दै बलिउडले अनावश्यक रूपमा पात्रको धार्मिकता परिवर्तन गर्नु उपयुक्त नभएको बताइरहेका छन्, भने अरूले चक दे इन्डिया लाई रचनात्मक स्वतन्त्रताको एउटा रूपको रूपमा व्याख्या गरेका छन्। शिमित अमिनको निर्देशनमा बनेको यो फिल्मले महिलाको सशक्तीकरण र देशभक्तिको सन्देशलाई समेट्दै राष्ट्रलाई एकीकृत गर्ने प्रयास गरेको थियो।

कपूरका भनाइले बलिउडमा धार्मिक र सांस्कृतिक प्रस्तुतिको संवेदनशीलतामाथि थप ध्यानाकर्षण गराएको छ। भारत जस्तो विविधतायुक्त देशमा मनोरञ्जन उद्योगले सार्वजनिक धारणा निर्माणमा के कस्तो भूमिका खेल्छ भन्ने विषयमा बहस झनै गम्भीर बन्दै गएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img