Monday, October 12, 2026
63.6 F
Washington DC.

अमेरिकाद्वार नेपाली पत्रकार मातृका दाहाललाई भ्रष्टाचार विरोधी च्याम्पियनको उपाधि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं— नेपाली पत्रकार मातृका दाहालले उच्च तहको भ्रष्टाचार सार्वजनिक गर्न गरेको साहसिक पत्रकारिताका लागि अमेरिकी सरकारको भ्रष्टाचार विरोधी च्याम्पियन सम्मान प्राप्त गर्नुभएको छ। यो सम्मान अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानूनी कार्य ब्युरो (INL)ले अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवस (डिसेम्बर ९) को अवसरमा प्रदान गरेको हो।

मातृका दाहालले नेपालमा प्रभावशाली व्यक्तित्वहरूको भ्रष्टाचारका प्रकरणहरू सार्वजनिक गरी जनताको विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ। उहाँको इमान्दारिता र दृढताले शासन प्रणालीमा पारदर्शिता र जवाफदेहिता कायम गर्न उल्लेखनीय योगदान पुर्‍याएको नेपाल स्थित अमेरिकी राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभरका १० प्रेरणादायी व्यक्तित्वहरूलाई यो अवसरमा सम्मान गरेकोमा दाहाल त्यसमध्ये एक महत्वपूर्ण पत्रकारका रूपमा रहेका छन्। नेपाल स्थित अमेरिकी राजदूतावासले एक बधाई सन्देशमार्फत भनेको छ, “हामी उहाँको बहादुरी र अटल प्रतिबद्धताबाट प्रेरित छौं र उहाँले पारेको दिगो प्रभावप्रति गर्व गर्दछौं।”

यो सम्मानले पत्रकारिताको महत्त्व र सत्यको खोजीमा पत्रकारहरूको भूमिकालाई उजागर गरेको छ। साथै, यो उपलब्धिले नेपाली पत्रकारिता क्षेत्रको गरिमा बढाएको छ।

पत्रकारहरू मात्र नभएर हामी सबैले मातृका दाहालजस्तै निडर व्यक्तिहरूबाट प्रेरणा लिनुपर्छ र भ्रष्टाचारविरुद्धको यो लडाईलाई अझ सशक्त बनाउन सामूहिक प्रयास गर्नुपर्छ। पारदर्शी, जवाफदेही र न्यायपूर्ण समाज निर्माणको दिशामा यो कदम ऐतिहासिक बनोस्।

मातृका दाहाललाई हार्दिक बधाई!

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img