हिरासत भित्र सुतेको तस्विर रवि लामिछानेको नै हो? के भन्छ प्रहरी ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर केही दिन अगाडि देखि सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति निकालेको छ। विज्ञप्ति अनुसार, हाल चालू रहेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट उक्त तस्विर प्रकाशित भएको जनाएको छ। यसप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ।

यसैबीच, प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ट अनुहार नदेखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको तिव्र आलोचना भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्बिरको स्रोत र प्रहरी प्रशासनको भूमिकाबारे प्रश्न उठाउँदै यस घटनालाई संवेदनशील विषयको रूपमा लिएका छन्।

प्रहरीले यस्ता भ्रामक र आधारहीन पोस्टहरूले कानुनी प्रक्रिया र अनुसन्धान कार्यमा बाधा पुर्‍याउने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। विज्ञप्तिमा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान, सोधपुछ र अभियोजन प्रक्रिया नेपालको संविधान र प्रचलित कानुनअनुसार नै सञ्चालन भइरहेको र सत्य तथ्यको आधारमा मात्र कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

प्रहरीले सामाजिक सञ्जाल र मिडियामा कुनै पनि समाचार सार्वजनिक गर्नु अघि सत्यतथ्य प्रमाणित गर्न आग्रह गर्दै समाजमा नकारात्मक असर पार्ने खालका झुटा र अप्रमाणित पोस्टहरूबाट टाढा रहन चेतावनी दिएको छ। साथै, यस्ता संवेदनशील विषयमा मिडिया र आम नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भन्दै प्रहरीको सहयोग गर्न आह्वान गरेको छ।

सामाजिक सञ्जालको सही प्रयोग गर्न र अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन कास्की प्रहरीले सबै पक्षलाई संयमित र जिम्मेवार हुन अनुरोध गरेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img