अमेरिकाको भर्जिनियामा गाडी पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको भर्जिनियाको स्यानटिली शहरमा एउटा गाडी पोखरीमा डुब्दा गाडीमा सवार दुई नेपालीको ज्यान गएको छ। फेयरफ्याक्स प्रहरीका अनुसार मृतकहरूमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टा रहेका छन्।

यो दुर्घटना बिहीबार बिहान ७:२५ बजे स्यानटिलीको ३९०० ब्लक सेन्टरभ्यू ड्राइभमा भएको हो। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार, दुई जना सवार गाडी एक निजी पार्किङ क्षेत्रमा गुडिरहेको अवस्थामा नजिकको पोखरीमा खसेको थियो। उद्धार टोली घटनास्थलमा छिट्टै पुगे पनि दुबै जनालाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

खड्काका सहकर्मीले बताएअनुसार उनी नजिकै रहेको विंगेट बाई विन्धम होटलमा काम गर्थे। उनीसंग सवार निश्चल भट्टले त्यहाँ रोजगारीका लागि निवेदन दिने योजना बनाएका थिए। “कर्ण सधैं अरूलाई मद्दत गर्ने मान्छे थिए,” एक सहकर्मीले भने। “उनले निश्चललाई करियर सुरु गर्न सहयोग गर्न चाहन्थे।”

समुदायमा शोकको माहोल

यो दुःखद समाचारले स्थानीय नेपाली समुदायलाई मर्माहत बनाएको छ। खड्कालाई एक समर्पित परिवारमुखी व्यक्ति र सहयोगीका रूपमा सम्झना गरिएको छ। भट्ट, एक विध्यार्थी थिए र उनी आफ्नो करियरकालागी प्रयार गरिरहेका थिए, सबैका प्रिय र उज्ज्वल भविष्यको सपना बोकेका व्यक्तिका रूपमा चिनिन्थे।

“यो हाम्रो समुदायका लागि अकल्पनीय क्षति हो,” एक स्थानीय नेपाली संस्थाका सदस्यले भने। “कर्ण र निश्चल दुवैलाई धेरैले माया गर्थे, र उनीहरूको मृत्युले हामी सबैलाई स्तब्ध बनाएको छ।”

सुरक्षा सम्बन्धी चिन्ता

दुर्घटना भएको पोखरी व्यावसायिक क्षेत्रको पार्किङ नजिकै छ। एक स्थानीय बासिन्दाले घटनालाई विश्वास गर्न नसकिने बताएका छन्। “यो त सानो, सजावटका लागि मात्र बनाइएको पोखरी हो,” उनले भने। “यहाँ यस्तो घटना होला भनेर कसैले सोचेको पनि थिएन।”

यस घटनापछि उक्त क्षेत्र र पार्किङ क्षेत्रको सुरक्षा प्रबन्धप्रति प्रश्न उठेको छ। स्थानीय बासिन्दाले पोखरीमा गाडीलाई रोक्न सक्ने अवरोध वा बार नभएकोतर्फ ध्यानाकर्षण गराएका छन्। अधिकारीहरूले स्थानको मूल्याङ्कन गरी भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक सुधार गर्ने सम्भावना रहेको छ।

अनुसन्धान जारी

फेयरफ्याक्स काउन्टी प्रहरीको क्र्यास रिकन्स्ट्रक्सन युनिटले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार सवारी पार्किङ क्षेत्रमा गुडिरहेको बेला फुटपाथ काटेर पोखरीमा खसेको थियो। दुर्घटनाको कारण यकिन नभएको र मेकानिकल समस्या, स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था वा अन्य कारणहरूबारे अनुसन्धान भइरहेको छ।

घटनाको अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनाबारे जानकारी हुने जोसुकैलाई सम्पर्क गर्न आग्रह गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img