Monday, October 12, 2026
59.8 F
Washington DC.

सांगीतिक यात्रामा “अजम्बरी माया” गीत सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्जिनिया, अमेरिका –  नेपाल तथा नेपाली समुदायको सांगीतिक यात्रामा अर्को विशेष योगदान थपिएको छ। सुनिल मणि दाहालद्वारा लिखित र कम्पोजको नयाँ गीत “अजम्बरी माया” शनिवार भर्जिनियामको फेयरफ्याक्समा गीत भण्डार अमेरिकाले एक विशेष समारोहबीच औपचारिक रूपमा सार्वजनिक गरेको छ। गीतमा लोकप्रिय गायक बिराज गौतमको सुमधुर आवाज र संगीत रहेको छ।

कार्यक्रममा करिब २०० जनाको उपस्थिति थियो। नेपाली समुदायका कलाकार, संगीतप्रेमी र स्थानीय व्यक्तित्वहरूले कार्यक्रममा सहभागिता जनाउँदै गीतको प्रशंसा गरे। “अजम्बरी माया” ले गहिरो प्रेम र भावनालाई जीवन्त पार्ने प्रयास गरेको छ। यस गीतका लय, शब्द र संगीतले प्रेमिल मनहरूलाई छुने विश्वास गरिएको छ।

गीत सार्वजनिक कार्यक्रममा संगीतप्रेमीहरूले गीतको रचनाको स्तरीयता र प्रस्तुतिलाई प्रशंसा गरे। कार्यक्रममा बोल्दै गीतका रचनाकार तथा संगीतकार सुनिल मणि दाहालले भने, “अजम्बरी मायाकेवल एउटा गीत मात्र होइन, यो प्रेम र जीवनको गहिरो भावनाको अभिव्यक्ति हो।”

गायक तथा संगीतकार बिराज गौतमले यो गीत गाउन पाउँदा गर्व महसुस भएको बताए। उनले थपे, “ प्रिय सुनिललमणि दाहालको उत्कृष्ट रचनामा गीत गाउन पाउदा मलाई यो गीतमा नयाँ ऊर्जाकोअनुभव गराएको छ।”

गीत सार्वजनिकसँगै उपस्थित व्यक्तिहरूले गीत सुनेर प्रशंसा व्यक्त गरे। गीत अब विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछ। “अजम्बरी माया” ले नेपाली संगीतप्रेमीहरूका बीचमा नयाँ उचाइ कायम गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा आयोजकले सबै सहभागीलाई धन्यवाद दिएका थिए। “अजम्बरी माया” को सफलता र यसले पाएको उत्साहले नेपाली संगीतमा नयाँ प्रेरणा दिने विश्वास गरिएको छ।

“अजम्बरी माया” लाई गीत भण्डारको युट्युव च्यानलमा हेर्न सकिने छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img