काठमाडौँ — डा. गोविन्द केसीले गेटाको एमबीबीएस अध्यापन अनुमति खारेजीसहितका माग पूरा गर्न एक साताको समय दिएका छन्। माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने उनले चेतावनी दिएका छन।
केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति तयार नभई अनुमति दिइएको केसीको दाबी छ। उनले नेपाली सेनाको मेडिकल कलेजलगायत संस्थामा बढाइएका एमबीबीएस सिट पनि रद्द गर्न माग गरेका छन्।
चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग उनले अघि सारेका छन्। स्वार्थ बाझिने पदाधिकारीलाई हटाउनुपर्ने उनको भनाइ छ।
केसीका अनुसार, गेटामा भवन बने पनि शिक्षण अस्पताल पूर्ण क्षमतामा चलेको छैन। सुदूरपश्चिमका बासिन्दा उपचारका लागि नेपालगन्ज, काठमाडौँ वा भारत जानुपर्ने अवस्था कायमै रहेको उनले बताएका छन्।
उनले २०८३ साउन ११ गते भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्।


