Monday, October 12, 2026
59.8 F
Washington DC.

चर्चित लोकगायक जयनन्द लामाको निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

‘कलकत्ते काइँयो केश मेरो बांगो…’, ‘टेबलमा ऐना छ…’ बोलको गीतका गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि ६६ वर्षीय लामा बुधबार बिहान मृत फेला परेका थिए।

पारिवारिक स्रोतका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे ‘मिटिङ’मा सहभागी हुन भनेर बौद्ध गएका थिए।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे ।

लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो…’, ‘टेबलमा ऐना छ…’ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै ‘चट्ट परेको चुल्ठी…’, ‘हेर्दैमा राम्रो…’, ‘चुइँ चुइँ चुइँकने जुत्ता…’, ‘नाच्यो झिल्के नाच्यो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img