बेलायतका राजकुमार चार्ल्सलाई ओसामा बिन लादेनको परिवारबाट १० लाख पाउण्ड चन्दा लिएको आरोप

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतका राजकुमार चार्ल्सद्वारा स्थापना गरिएको प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (PWCF) ले सन् २०१३ मा अल-कायदाका नेता ओसामा बिन लादेनको परिवारबाट १० लाख पाउण्ड चन्दा लिएको लन्डन स्थित द सन्डे टाइम्सले आइतबार रिपोर्ट गरेको छ।

द सन्डे टाइम्सका अनुसार पाकिस्तानमा अमेरिकी विशेष फौजले लादेनलाई मारेको दुई वर्षपछि प्रिन्स चार्ल्सले ओसामा बिन लादेनका सौतेनी भाइ बकरसँग लन्डनमा भेट गरेर कथित रूपमा १० लाख पाउन्ड स्वीकार गर्न सहमत भएका थिए ।

सन्डे टाइम्सले दावी गरेको छ कि चार्ल्सलाई नजिकका सल्लाहकारहरूले पैसा फिर्ता गर्न आग्रह गरेका थिए । यद्यपि, उनको क्लेरेन्स हाउस कार्यालयले सो निर्णयमा व्यक्तिगत रूपमा चार्ल्स संलग्न भएको कुरा अस्वीकार गरेको छ।

“प्रिन्स अफ वेल्सको च्यारिटेबल फन्ड (PWCF) ले यो चन्दा स्वीकार गर्न पूर्ण बिधि अपनाएको छ भनी हामीलाई आश्वासन दिएको छ,” क्लेरेन्स हाउसका प्रवक्ताले ‘स्काई न्यूज’ लाई भनेको छ ।

“चन्दा स्वीकार गर्ने निर्णय परोपकारका ट्रस्टीहरूले मात्र लिएका थिए र यसलाई अन्यथा चित्रण गर्ने कुनै पनि प्रयास गलत हो,” प्रवक्ताले भनेका छन ।

यसैबीच, सन् २०१३ मा शेख बकर बिन लादेनले दिएको चन्दालाई त्यतिबेला PWCF ट्रस्टीहरूले ध्यानपूर्वक विचार गरेको प्रिन्स अफ वेल्सको च्यारिटेबल फण्डले भनेको छ ।

ओसामा बिन लादेन सन् १९९४ मा परिवारबाट अलग भइसकेकाले उनका ती दुई भाइ उनले गरेका क्रियाकलापमा सहभागी छन् भनेर भन्न सक्ने अवस्था नरहेको बिबिसीले लेखेको छ।

ओसामा बिन लादेन अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ का दिन आतंकवादी हमलाको मास्टरमाइन्ड थिए, जसमा अमेरिकामा लगभग ३ ,००० मानिस मारिएका थिए। ‘द सन्डे टाइम्स’ ले आफ्नो रिपोर्टमा दावी गरेको छ कि धनी साउदी परिवारका बकरसँग चार्ल्सको भेट ओसामा बिन लादेनलाई पाकिस्तानमा अमेरिकी विशेष फौजले मारेको दुई वर्षपछि भएको थियो।

प्रिन्स अफ वेल्सको परोपकारी कोष सन् १९७९ मा स्थापना भएको थियो। बेलायतमा दर्ता भएका र अन्य देशहरूमा समेत परियोजनाहरूका लागि काम गर्ने गैर्ह नाफामूलक संस्थाहरूलाई यसले अनुदान प्रदान गर्दछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img