Monday, October 12, 2026
59.8 F
Washington DC.

सवैका ‘पिताजी’ जसले विराटनगरलाई सदरमुकाम बनाए!

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिन्धुलीको दुम्जा गाउँबाट मधेस झरेको एक तन्देरी ब्रामन्ड। समयकालसंगै विराटनगरमा विद्यालय स्थापना गर्ने, महिला समिति मार्फत महिलामा चेतना जगाउने, छोरीलाई शिक्षा दिने, लगायतका विभिन्न समाज सुधारका कृयाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गरेका यी व्यक्ति हुन ‘पिताजी’ स्व. कृष्णप्रसाद कोइराला ।

कांग्रेसको अड्डा मानिने विराटनगरको वरगाछी चौकमा ‘पिताजी’ कृष्णप्रसाद कोइरालाको सालिक स्थापना गरिएको छ। धेरैलाई थाहा नहुन सक्छ उनले पुर्याएको योगदानका बारेमा।

पिताजीकाबारेमा केहि बुंदागत तथ्यहरूः

-उनका ५ छोराहरू मध्ये ३ छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने। मातृकाप्रसाद कोइराला २००८ साल विश्वेश्वर प्रसाद कोइराला २०१६ साल र गिरिजाप्रसाद कोइराला २०४८ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए।

-उनले आफ्नो पहाड सिन्धुलीको दुम्जाबाट विराटनगर आएपछि मोरङको सदरमुकामलाई रङ्गेलीबाट विराटनगर सारेका थिए।

-नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स खोल्नेमध्येका एक सूत्रधार उनी पनि थिए। यसका लागि उनले जुट मिल्सलाई ५ बिघा जमिन दिएका थिए । उनी देशमा औद्योगिकीकरणको वकालत गर्थे।

-विराटनगरको आदर्श विद्यालय उनैले बनाएका थिए । आदर्श विद्यालय पहिले निर्वासनमा भएका बेला भारतको विहार राज्यको टेढीमा खोलेका थिए उनले । पछि आममाफी पाएपछि टेढीबाट फर्कंदा आदर्श विद्यालयलाई यहाँ उनले निरन्तरता दिए।

-उनैले विराटनगर शहर पनि यातायात र संचारसित जोडियोस् भनेर तत्कालीन अङ्ग्रेज शासकलाई अनुरोध गरेर जोगबनीमा रेल मार्ग ल्याएका थिए र हुलाक अड्डा बसाउन लगाएका थिए।

-महात्मा गान्धीको आदर्श जीवन र दर्शनबाट प्रेरित उनले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि योगदान पुर्याएका थिए।

-राणाले काठमाडौंमा जेल हालेका बेला उनको निधन जेलमै २००१ सालमा भएको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img