ह्वाइट हाउसको नया चीफ अफ स्टाफमा जेफ जायन्ट्स नियुक्त हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार आफ्ना पूर्व सहयोगी जेफ जाइन्ट्सलाई ह्वाइट हाउसको नयाँ प्रमुखको रूपमा नियुक्त गर्ने जनाएका छ्न। जेफ जायन्ट्सले वर्तमान प्रमुख (चीफ अफ स्टाफ) रोन क्लेनको स्थान लिनेछन्।

“उनको अथक परिश्रमको लागि रोनलाई धन्यवाद दिन र आधिकारिक रूपमा जेफलाई यस भूमिकामा व्हाइट हाउसमा स्वागत गर्न अर्को हप्ता ह्वाइट हाउसमा “आधिकारिक पदिय हस्तान्तरण ” कार्यक्रम हुनेछ” बाइडेनले आफ्नो बिज्ञप्तिमा भनेका छन।

रोन क्लेनले आजै राजिनामा दिए पश्चात राष्ट्रपति जो बाइडेनले जेफ जायन्ट्सलाई ह्वाइट हाउसको नयाँ प्रमुखमा नियुक्ति गर्ने जनाएका हुन् । जेफ जायन्ट्सले यसअघि कोरोना महामारीको समयमा संयोजकको भूमिका निर्वाह गरेका थिए । उनको नेतृत्वमा कोविड विरुद्ध ठूलो मात्रामा खोप कार्यक्रम सुरु गरिएको थियो।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसका प्रमुख रोन क्लेनको कडा परिश्रमको प्रशंसा गरेका छन्। जेफ जायन्ट्सले आफ्नो पूर्ववर्तीको कडा परिश्रमलाई पछ्याउनेमा आफु र विश्वस्त रहेको बताएका छन ।

जेफ जायन्ट्सले गत वर्ष अप्रिलमा कोविड महामारीको सफलतापूर्वक समन्वय गरेर ह्वाइट हाउस छोडेका थिए। तर, अमेरिकाको मध्यावधि चुनावपछि उनी रोन क्लेनलाई सहयोग गर्न ह्वाइट हाउस फर्किएका थिए । रोन क्लेनले जेफ जाइन्ट्सलाई धेरै जिम्मेवारी दिएपछि हालैका दिनहरूमा जेफ जाइन्ट्सलाई अर्को चीफ अफ स्टाफ बनाउन सकिने अनुमान गरिएको थियो।

ह्वाइट हाउसका चीफ अफ स्टाफलाई वाशिंगटनको सबैभन्दा शक्तिशाली सरकारी पद मानिन्छ। ह्वाइट हाउसको चीफ अफ स्टाफले राष्ट्रपतिसँग कसले, कहिले बोल्ने र को संग समन्वय गर्ने भन्ने निर्णय गर्दछ। थप रूपमा, ह्वाइट हाउस चीफ अफ स्टाफ प्रायः प्रमुख निर्णयहरू गर्नु अघि राष्ट्रपतिको अन्तिम सल्लाहकारहरू मध्ये एक हुन्छ। जेफ जोइन्ट्सलाई एक कुशल कार्यकारी मानिन्छ तर रोन क्लेनको जस्तो उनमा राजनीतिक अनुभव नभएको भनिन्छ।

बाइडेन सरकारले सत्ता सम्हालेको दुई वर्ष पूरा गरेको अवस्थामा ह्वाइट हाउसमा चीफ अफ स्टाफको पदमा जेफ जायन्ट्सको नियुक्ति भएको छ छ। साथै बाइडेनको घरमा गोप्य कागजात भेटिएपछि अमेरिकी राष्ट्रपति पनि विपक्षीको निशानामा परेका छन् । वाशिंगटन डीसीका निवासी जेफ जायन्ट्सले ड्यूक विश्वविद्यालयबाट स्नातक गरेका छन् । जेन्टसँग निजी क्षेत्रमा काम गर्ने ठूलो अनुभव छ। सन् २००९ मा पहिलो पटक उनले बाराक ओबामा सरकारको प्रशासनमा काम गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img