Monday, October 12, 2026
63.6 F
Washington DC.

नीलकण्ठ सुवेदीको कविता संग्रह ” मुग्लानबाट देश नियाल्दा” को विमोचन सम्पन्न

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डिसी मेट्रो कमिटीको आयोजनामा साहित्यकार तथा अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका सचिब श्री नीलकण्ठ सुबेदीबाट सिर्जना गरिएको कविता संग्रह ” मुग्लानबाट देश नियाल्दा” को विमोचन अमेरिकाको भर्जिनिया राज्यमा सम्पन्न भएको छ।

भर्चुयल माध्यमबाट शनिवार संचालन गरिएको उक्त विमोचन कार्यक्रम कमिटीका का•बा• अध्यक्ष श्री अरूण रूपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। उपस्थित सबैलाई कमिटीका उपाध्यक्ष श्री रजनी श्रेष्ठले स्वागत गर्नु भएको थियो।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी,अनेसासका केन्द्रिय सल्लाहकार प्रा•डा• खगेन्द्र लुईटेल,पूर्विय दर्शनका ज्ञाता डा• श्री रघुनाथ अर्याल,अनेसास बिओटीका वरिष्ठ उपाध्यक्ष श्री पदम विश्वकर्मा , कार्यक्रमका प्रमुख अतिथी अनेसासका केन्द्रिय अध्यक्ष श्री प्रकाश पौडेल ( माईला) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डिसी मेट्रो कमिटीका पूर्व अध्यक्ष भूपनारायण घर्तिमगरले आआफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो।

भर्चुयल माध्यमबाट शनिवार संचालन गरिएको विमोचन कार्यक्रम

कार्यक्रममा बिभिन्न्न सँघ संस्थाका पदाधिकारीहरू, साहित्यकारहरू तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।कार्यक्रममा नेपाल,जापान अमेरिका लगायत देशबाट सहभागिता भएको थियो।

कविता संग्रह ” मुग्लानबाट देश नियाल्दा” का सर्जक नीलकण्ठ सुवेदीले प्रवासमा रहेर नेपाली भाषा र साहित्य तर्फ कलम चलाउन पाउदा आफुलाई खुशी लागेको बताउदै विमोचन कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई धन्यबाद दिनु भएको थियो।

कार्यक्रमका सभापति श्री रूपाखेतीले सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम बिसर्जन गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका महा-सचिव श्री मुकुन्द कोईरालाले गर्नु भएको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img