Monday, October 12, 2026
63.6 F
Washington DC.

भारतद्वारा नेपाललाई २० वटा मिर्गौला डायलासिस मेसिनको पहिलो किस्ता सहयोग

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले गत सोमबार नेपाललाई २० वटा मृगौला डायलासिस मेसिन (केडीएम) को पहिलो किस्ता उपहार हस्तान्तरण गरेको छ । नेपालका जनताका लागि चिकित्सा सुविधालाई विस्तार गर्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरिएको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई केडीएमको ब्याच हस्तान्तरण गरेका हुन् । यी २० केडीएम भारतले नेपाललाई उपहार दिएका सबै सम्बन्धित मेडिकल उपकरणसहित त्यस्ता २०० मेसिनमध्ये पहिलो हुन्। बाँकी सामान चाँडै पठाइने बताइएको छ ।

राजदूत श्रीवास्तवले सञ्चारमाध्यमसँगको आफ्नो मन्तव्यमा भारत र नेपालबीच विशेषगरी स्वास्थ्य क्षेत्रमा लामो समयदेखि भइरहेको विकास सहयोगको उल्लेख गर्दै यी मेसिन उपहारले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार गर्दै आएको भारतको निरन्तर सहयोगलाई झल्काएको बताए ।

नेपालका स्वास्थ्यमन्त्री गिरीले मृगौला डायलासिस मेसिनलगायत स्वास्थ्य क्षेत्रमा नेपालका जनताका लागि चिकित्सा सुविधा विस्तारमा निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई नेपाल सरकारका तर्फ बाट धन्यवाद दिएका थिए ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img