इटालीको क्रोटोन समुन्द्रमा आप्रबासी सवार डुङ्गा पल्टिदा कम्तिमा ६० जनाको मृत्यु, दर्जनौ बेपत्ता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इटालीको क्रोटोन समुन्द्रमा आप्रबासी सवार डुङ्गा पल्टिदा ६० जना भन्दा बढीको मृत्यु भएको छ। पुष्टि भएका मृतकमध्ये एक ७ वर्षीय बालक र अर्का केही महिनाका शिशुहरू छन् तर मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । अत्याधिक भार बोकेको आप्रवासीहरुको डुङ्गा समुन्द्रको खराव मौषमका कारणले दुई टुक्रा भएको थियो । धेरै मानिस अझै बेपत्ता भएको उद्वारकर्मी अधिकारीहरुले बताएका छन् ।

हालसम्म ८० आप्रवासीलाई उद्धार गरिएको छ, जसमध्ये २१ जना अहिले अस्पतालमा छन्। १५० देशी १८० सम्म सख्याका आप्रवासीहरू बोकेको डुङ्गा एकदमै समुद्रको चट्टानमा ठोक्किएपछि डुबेको थियो। अहिले उद्धार मेसिन, काराबिनेरी, राज्य प्रहरी, वित्तीय प्रहरी, अग्निनियन्त्रक, ११८ कर्मचारी, तट नजिकको पानीबाट अन्य शव निकाल्न खटिएकको रिपोर्टमा जनाइएको छ।

इटालीका राष्ट्रपति सर्जियो माटारेलाले क्रोटोनबाट करिब बीस किलोमिटर टाढा स्टेकाटो डि कुट्रोको तटमा आज बिहान भएको डुङ्गा दुर्घटनाको लागि “दुःख” व्यक्त गरेका छन्, जसमा घाइते र दर्जनौं मृत्यु हुनेको संख्या बढेको छ। ताजा रिपोर्ट अनुसार अहिले सम्म ६० जनाको लाश फेला पारिएको अधिकारीहरुले जनाएका छन। दुर्घटनामा अझै धेरै को मृत्यु हुन सक्ने बताइएको छ ।

राष्ट्रपति सर्जियो माटारेलाले मृतकहरूप्रति संवेदना व्यक्त गर्दै उद्धारकर्ताहरूलाई धन्यवाद दिएका छन्। राष्ट्रपतिले आप्रवासीहरूको प्रवाहको मूल कारणहरू हटाउन अन्तर्राष्ट्रिय समुदायबाट बलियो प्रतिबद्धताको लागि आह्वान गरेका छन्।

“यो पनि उत्तिकै आवश्यक छ कि युरोपियन युनियनले अन्ततः आप्रवासी घटनालाई मानव बेचबिखनबाट हटाउनको लागि ठोस जिम्मेवारी लिने, आप्रवासन नीतिहरूमा प्रत्यक्ष संलग्न हुने, युवाहरू बाध्य भएका देशहरूको विकासको लागि सहयोगमा सहयोग पुर्‍याउनु पर्ने ” राष्ट्रपतिले आफ्नो प्रेस बिज्ञप्तिमा बताएका छन ।

यसैबीच, समुद्रमा खोजी जारी रहेको जहा बन्दरगाह प्राधिकरण र गार्डिया डि फाइनान्जाका गस्ती डुङ्गाहरू संलग्न रहेको बताइएको छ ।

पुष्टि भएका मृतकमध्ये एक ७ वर्षीय बालक र अर्का केही महिनाका शिशुहरू छन् तर मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । अत्याधिक भार बोकेको आप्रवासीहरुको डुङ्गा समुन्द्रको खराव मौषमका कारणले दुई टुक्रा भएको थियो । धेरै मानिस अझै बेपत्ता छन् ।

प्रहरी अधिकारीहरुका अनुसार १५० देखि १८० सम्मका बीचमा आप्रवासीहरू डुङ्गामा यात्रा गर्दै थिए, जसमा अधिकांश इरान, पाकिस्तान र अफगानिस्तानका थिए।

यस दुखद घटनामा पोप फ्रान्सिसले भनेका छन् “म तिनीहरूमध्ये प्रत्येकको लागि, बेपत्ता र अन्य जीवित आप्रवासीहरूको लागि प्रार्थना गर्दछु।” म उद्वारकार्य मा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन्छु।” भगवानले हाम्रा यी भाइबहिनीहरूलाई रक्षा गरून्।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img