Monday, October 12, 2026
59.8 F
Washington DC.

वास्तु टिप्सः के तपाईलाई थाहा छ भान्साकोठामा औषधि राख्दा नकारात्मक ऊर्जा आकर्षित हुन्छ भन्ने?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

के तपाईलाई थाहा छ कि भान्साकोठामा औषधि राख्दा नकारात्मक ऊर्जा आकर्षित हुन्छ भन्ने ? हो, यहि कारणले वास्तुशास्त्रका अनुसार भान्साकोठामा औषधि राख्दा घरका परिवारको सदस्यको स्वास्थ्यमा असर पर्छ।

आज वास्तुशास्त्रमा, भान्सा र औषधि बीचको सम्बन्धको बारेमा चर्चा गर्दैछौ। भान्साकोठामा आगो बालिन्छ, तरकारी काटकुट गरिन्छ र पकाइन्छ। यी कार्यमा आगो लाग्ने, हात काट्ने लगायत जीउमा तातो पदार्थको जोखिम धेरै हुन्छ। घरको भान्सा कोठामा कुनै घटना भएमा तुरुन्त प्राथमिक उपचार गर्न धेरैले प्राथमिक उपचार बक्स अर्थात् फस्ट एड किट राख्नका लागि भान्साकोठा रोज्छन्। तर वास्तुशास्त्रका अनुसार भान्साकोठामा औषधिको बाकस कहिल्यै राख्नु हुँदैन।

सांकेतिक तस्बिर: गेटि

वास्तुशास्त्र बिज्ञ आचार्य इन्दु प्रकाशका अनुसार भान्सामा औषधि राख्दा परिवारका सदस्यको स्वास्थ्यमा असर पर्छ । उनीहरुको स्वास्थ्यमा सधैं उतारचढाव आउँछ । कुनै न कुनै स्वास्थ्य सम्बन्धी सानातिना समस्याले उनीहरुलाई घेरिरहन्छ । त्यसैले भान्साकोठामा गल्तिले पनि औषधिको बक्स राख्नु हुदैन, नत्र घरका परिवारको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

औषधी कहा राख्ने , कहा नराख्ने ?

  • वास्तुशास्त्रका अनुसार औषधीलाई दक्षिण-पूर्व दिशामा कहिल्यै नराख्नुहोस्। किनकी यस दिशामा औषधि राख्नाले रोग लामो समयसम्म रहन्छ । यसका साथै तपाईले शारीरिक तथा आर्थिक कठिनाइको पनि सामना गर्नुपर्ने हुनसक्छ ।
  • औषधि पनि पश्चिम दिशामा राख्नु हुँदैन। जसका कारण बिरामीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
  • वास्तुशास्त्र अनुसार औषधि सधैं उत्तर दिशामा राख्नुपर्छ। यो दिशालाई वास्तुमा शुभ मानिन्छ।
  • औषधिहरू कहिल्यै टाउकोको छेउमा वा ओछ्यान नजिक राख्नु हुँदैन। यसो गर्नाले राहु-केतु प्रभावित हुन्छ
लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img