अमेरिकाको लस एन्जल्स नजिक ८ जनालाई गोली प्रहार; प्रहरीद्वारा संदिग्धहरुको खोजी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको लस एन्जल्स नजिकको कार्सनको एक आवासीय पूल पार्टीमा शनिबार गोली चलेको छ। पुल पार्टीमा गोली चल्दा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका छन् । लस एन्जल्स बाट घटनास्थल कार्सन १७ किमि टाढा रहेको छ।

लस एन्जलस काउन्टी शेरिफ विभागका प्रवक्ताले पूर्वी अबिला स्ट्रिटको १५०० ब्लकको एक घरमा मध्यरातमा भएको गोलीकाण्डको सम्बन्धमा संदिग्ध फरार रहेको बताएका छन् । गोली प्रहारबाट घाईते पीडितहरुको उमेर १६ देखि २९ वर्षको रहेको उनले बताए ।

प्रहरी अधिकारीहरूले शनिबार दिउँसो पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार ६ जना पीडितको अवस्था स्थिर रहेको छ, जसमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ तर निको हुने आशा गरिएको छ।

उनीहरूलाई क्षेत्रीय अस्पतालहरूमा लगिएको , जहाँ उनीहरूमध्ये दुईजना गम्भीर अवस्थामा रहेको र शल्यक्रिया गरिएको अधिकारीहरूले जानकारी गराएका छन् ।

पाखुरामा गोली लागेको १६ वर्षीया युवतीले पार्टी बाहिर सडकको बीचमा ठूलो झगडा भएको संचारमाध्यम लाई बताएकी छन् । जब उनीहरु भित्र पसिन , गोली चल्यो र मानिसहरू भाग्न थाले, उनले जानकारी गराईन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img