Monday, October 12, 2026
63.6 F
Washington DC.

पाकिस्तानको बलुचिस्तानमा चिनियाँ कामदारमाथि आक्रमण, १३ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा चार चिनियाँ नागरिकसहित १३ जनाको मृत्यु भएको छ । मारिनेमा पाकिस्तानी सेनाका ९ जना सैनिक समेत रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार, बलुच लिबरेशन आर्मी (बीएलए) को आत्मघाती दल माजिद ब्रिगेडले ग्वादरमा चिनियाँ कामदारहरूमाथि आजको आक्रमणको जिम्मेवारी लिएको छ। बीएलएले यस आक्रमणमा आफ्ना दुई माजिद ब्रिगेड ‘फिदाइन’ले भाग लिएको बताएको छ।

पाकिस्तानी सुरक्षा बलले दुई कथित आक्रमणकारीको तस्बिर सार्वजनिक गरेको छ। अस्पताल र स्थानीय स्रोतका अनुसार आजको आक्रमणमा हालसम्म कैयौं व्यक्तिको मृत्यु भएको छ भने घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार बन्दरगाह सहर ग्वादरमा करिव ९:३० बजे उक्त घटना भएको हो ।

सरकारी अधिकारीहरूले पनि ग्वादरमा चिनियाँ इन्जिनियरहरूमाथि हमला भएको पुष्टि गरेका छन्। एक मिडिया विज्ञप्ति अनुसार, चिनियाँ इन्जिनियरहरू ग्वादरको फकिर कालोनी नजिकै बसेका थिए र त्यहि आक्रमण गरिएको थियो।

मिडिया रिपोर्टका अनुसार चिनियाँ इन्जिनियरहरू माथि भएको आक्रमणपछि ग्वादरमा शृङ्खलाबद्ध विस्फोटहरू जारी रहेको बताइएको छ । बन्दरगाह चारैतिरबाट घेरिएको र सबै सडक बन्द गरिएका छन ।

बलुचिस्तानको ग्वादरमा आइतवार बिहान सैन्य अड्डामा आक्रमण गरेपछि सुरक्षा बलहरूले दुई आतंककारीलाई मारेको सेनाको मिडिया मामिला शाखाले जनाएको छ।

आतंककारीहरूले साना हतियार र हात ग्रेनेडहरू प्रयोग गरेर बिहान १० बजे हमला गरेका थिए, इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

“यद्यपि, कुशल र द्रुत प्रतिक्रियाका कारण कुनै पनि सैनिक वा नागरिक व्यक्तिहरूलाई कुनै हानि नगरी दुई आतंककारीहरूलाई मारियो ,” सेनाले बिज्ञप्तिमा भनेको छ।

पाकिस्तानमा रहेको चिनियाँ दूतावासले बलुचिस्तान र सिन्धमा रहेका आफ्ना नागरिकहरूलाई अर्को आदेश नभएसम्म घरभित्रै बस्न आदेश जारी गरेको छ। ग्वादरमा चिनियाँ इन्जिनियरमाथि हमला भइरहेका बेला यो बयान आएको हो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img