Monday, October 12, 2026
59.8 F
Washington DC.

भारतः महाराष्ट्र अस्पतालमा १२ नवजात शिशुसहित २४ बिरामीको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा सोमबार २४ घण्टाभित्र २४ जना बिरामीले ज्यान गुमाएको भारतिय संचार माध्यम पिटिआईले जनाएको छ । मृत्यु हुनेमा अन्य अस्पतालबाट गम्भीर अवस्थामा ल्याइएका १२ नवजात शिशु पनि छन् ।

पिटिआइका अनुसार, प्रदेश सरकारले छानबिन सुरु गरी मंगलबारसम्म प्रतिवेदन बुझाउन विज्ञ टोली नियुक्त गरेको छ।

मृत्यु भएका नवजात शिशुमा सर्पदंश, विषाक्तता, सुत्केरी हुने जस्ता विभिन्न स्वास्थ्य समस्या रहेको अस्पताल प्रशासनलाई उद्रित गर्दै पिटिआइले जनाएको छ । मृत्यु भएका अन्य १२ वयस्क हृदयघात, विषाक्त खाना, मिर्गौला रोग र दुर्घटनाजस्ता विभिन्न रोगबाट पीडित थिए।

पिटिआइको रिपोर्ट अनुसार, अस्पतालका सुपरिटेन्डेन्ट डा एसआर वाकोडेले सप्लायर हाफकिन इन्स्टिच्युटसँगको केही विवादका कारण अस्पतालले अत्यावश्यक र जीवन बचाउने औषधिको अभाव भएको स्वीकार गरेका छन । अस्पताल नजिकैका जिल्लाका बिरामीको भीडभाड भएको र सरुवाका कारण केही कर्मचारी बेपत्ता भएको पनि उनले बताएको संचार माध्यमले जनाएका छन ।

यस घटनाले जनता र विपक्षी दलहरूबाट आक्रोश र आलोचना फैलाएको छ, जसले भाजपा सरकारले स्वास्थ्य क्षेत्रलाई बेवास्ता गरेको र अस्पतालको लागि पर्याप्त कोष र कर्मचारी उपलब्ध नगरेको आरोप लगाएको छ।

कांग्रेस नेता राहुल गान्धीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै भाजपाले बच्चाहरूको लागि औषधिको सट्टा प्रचारमा किन पैसा खर्च गरिरहेको छ भनेर प्रश्न गरेका छन।

राज्यका चिकित्सा शिक्षा मन्त्री हसन मुश्रीफले अस्पतालको अवस्था बुझ्न आफैं गएर हृदयविदारक घटनालाई सम्बोधन गर्न पहल गरिने प्रतिबद्धता जनाएका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img