Monday, October 12, 2026
63.6 F
Washington DC.

सधै विवादको घेरामा गैरआवासीय नेपाली संघ, निर्वाचन परिणाममा धाधली भएको आरोप

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाण्डौमा ठूलै तामझामकासाथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पनि भयो। मतका आधारमा अध्यक्षमा डा बद्री केसी पुनः निर्वाचित भएको घोषणा समेत गरियो । डा केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरी अर्को कार्यकालका लागि संस्थाको नेतृत्व गर्ने जनादेश पाएको निर्वाचन समितिको कार्यालयले औपचारीकरुपमा घोषणा समेत गर्यो। निर्वाचित पधाधिकारीहरुको घोषणा हुनासाथ निर्वाचनमा एक पक्षबाट पुरै धाधली गरेको आरोप समेत लागेको छ ।

किन आरोप लाग्यो धाधलीको?
यस पटकको निर्वाचन विद्युतीय माध्यमबाट भएको थियो। निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शुन्य उल्लेख भएको कारण विवाद श्रृजना हुन गै साइवर हेराफेरी मार्फत निर्वाचन परिणाम आएको भन्दै नारावाजी समेत भएको थियो – भिडियो हेर्नुहोस।

स्मरण रहोस , एनआरएनएको कुल मतदाता भन्दा बढी मत खसेको देखिएको छ ।

अष्ट्रेलियास्थित कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरेर निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै दुई उपाध्यक्षका उम्मेदवारहरूले चुनावी नतिजा अस्वीकार गरेका छन् ।

यसैगरी, जापानबाट अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले पनि यो निर्वाचनको नतिजालाइ अस्वीकार गरेका छन्। निर्वाचन समिति घोषणा गरेको परिणाम तुरुन्तै खारेज गरि अर्को नया निर्वाचन गराउन माग गरेका छन् ।

निर्वाचन समितिले सोध्यो भेरो भोटिङलाई
गैरआवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको मिति २०८० कार्तिक २ गते (अक्टोबर १९, २०२३) मा भेरो भोटिङ सोलुसनले विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको जनाएको छ। साथै, भेरो भोटिङले पठाएको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शुन्य उल्लेख भएको कारण विवाद श्रृजना भएको उल्लेख गरिएको छ। यस सम्बन्धमा भेरो भोटिङ सँग वास्तविक जानकारी लिई सत्य तथ्य व्यहोरा प्रकाशित गरिने व्यहोरा प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले जनाएका छन् ।

सम्पूर्ण कार्यक्रमहरु स्थगित
विकशित घटनाक्रमका कारण गैरआवासीय नेपाली संघको आज मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको तिनै जनमा कार्यकारी अध्यक्ष हरुले एक बिज्ञप्ति मार्फत जनाएका छन्।

“गैरआवासीय नेपाली संघको मिति २०८० /०७/२ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आज मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछौं, ” बिज्ञप्तिमा भनिएको छ ।

निर्वाचन परिणाम स्थगित हुन सक्ने
निर्वाचन परिणामको लिष्टमा स्पष्ट कैफियत देखेर पनि निर्वाचन समितिले हतार हतार परिणाम घोषणा गरेको थियो। उपाध्यक्षका प्रत्यासी डा केशव पौडेलको नेपालको परिणाम शुन्य आएको उक्त नतिजा आफैमा आश्चर्यजनक थियो। कूल मतदाता भन्दा बढी मत देखिए पछि निर्वाचन परिणाम स्थगन गर्नु पर्ने थियो तर त्यसो हुन नसकेको प्रत्यक्षदर्शी बताउछन। निर्वाचन परिणाममा साइवर चलखेल गरी एक पक्षलाई जिताइएको भन्ने आरोपको स्पष्टिकरण दिन निर्वाचन समितिलाइ यति बेला हम्मे परेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img