Monday, October 12, 2026
63.6 F
Washington DC.

आईसीसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाद्वारा इंग्ल्याण्ड ८ विकेटले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतमा जारी विश्वकप क्रिकेट २०२३ मा आज भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । १५७ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोलीले २५.४ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको थियो ।

श्रीलंकाको तर्फबाट तेस्रो विकेटका लागि पाथुम निसान्काले अविजित ७७ र सदिरा समराविक्रमाले अविजित ६५ रनको अविजित १४३ रनको साझेदारी गरेका थिए ।

अर्कोतर्फ आजको खेलमा इंग्ल्याण्डको ब्याटिङमा निराशाजनक दिन रह्यो र ३३.२ ओभरमा १५६ रनमा अलआउट भयो। ५० बलमा ४७ रन बनाएर केही आशा जगाउने एकमात्र ब्याट्सम्यान डेभिड विली थिए। बाँकी सबै शीर्ष क्रमका खेलाडीहरुले उल्लेखनिय रन जोडन सकेनन। वानिन्दु हसरंगाले २७ रनमा ४ विकेट र अकिला दानन्जयाले २८ रनमा ३ विकेट लिए।

पाँच खेलमा इङ्ल्यान्डको यो चौथो हार हो र अब मात्र दुई अंक जोडेर अंक तालिकाको पुछारमा पुगेको छ।

यसैबीच श्रीलंका चार अंकसहित पाँचौं स्थानमा उक्लिएको छ र सेमिफाइनलमा पुग्ने आफ्नो आशा जीवित राखेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img